साताको चौथो दिन पनि घट्यो नेप्से « Khabarhub

साताको चौथो दिन पनि घट्यो नेप्से


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको चौथो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । आइतबारदेखि नियमित ओरालो लागेको नेप्से बुधबार भएको कारोबारमा १४.८८ अंकले घट्न पुग्यो ।

बुधबार नेप्सेमा ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार ६४३ रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से घटेर २६८२.१५ अंकमा पुगेको छ । आजको शेयर कारोबारमा १८३ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो भने ५३ वटा कम्पनीको शेयर मूल्य भने वृद्धि भयो । 

त्यस्तै, आजको शेयर कारोबारमा ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आजको  शेयर कारोबारमा महिला लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् भने सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाएका छन् ।

नेप्से घटेसँगै होटेल, म्यूचुअल फन्ड र व्यापार बाहेक सबै उपसमूहको सूचक पनि घटेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ३ : १९ बजे

इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’ सुरु, सभामुख अर्यालले उद्घाटन गर्ने

इटहरी – सरकारले युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सहभागी

पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका मनमोहक तस्बिर

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले सामाजिक सञ्जालमा पोखरा

गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा

रुपन्देही- मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र