‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन « Khabarhub

‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन


६ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बीमा प्राधिकरणले जीवन बीमा, निर्जीवन बीमा तथा पुर्नबीमा व्यवसाय गर्ने सबै बीमा कम्पनीहरूलाई ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न निर्देशन दिएको छ ।

जसअनुसार, लगानी व्यवस्थापन गर्नका लागि लगानी सम्बन्धी कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीको मातहतमा रहने गरी ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गरी सात दिनभित्र प्राधिकरणलाई जानकारी दिन बीमा कम्पनीहरूलाई निर्देशन दिइएको छ।

यसैगरी, लघुबिमा व्यवसाय गर्ने लघुबिमा कम्पनीहरूलाई लगानी व्यवस्थापन कार्यका लागि सोसम्बन्धी कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीलाई जिम्मेवारी दिई सात दिनभित्र प्राधिकरणमा जानकारी दिन प्राधिकरणले निर्देशन दिएको छ।

साथै, बीमा कम्पनीहरूले यसअघि लगानी सम्बन्धी व्यवस्थाको कार्यान्वयन गरिसकेको भए सो को समेत साताभित्र जानकारी दिन प्राधिकरणले सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ।

प्रकाशित मिति : ६ चैत्र २०८१, बुधबार  ३ : ४३ बजे

इनरुवा नगरपालिकाले अतिक्रमित क्षेत्र खाली गराउँदै

सुनसरी– जिल्ला सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको कार्यालयले पूर्वपश्चिम राजमार्गअन्तर्गत सडकपेटीको

गायिका आशा भोसले अस्पताल भर्ना : इमर्जेन्सी युनिटमा उपचार हुँदै

मुम्बई- भारतीय सुगम संगीतकी शिखर व्यक्तित्व तथा प्रसिद्ध गायिका आशा

‘कर्णाली उत्सव : कुडा कर्नाली’ सुरु

कर्णाली– ‘कर्णाली उत्सव : कुडा कर्नाली’को सातौँ संस्करण शनिबारदेखि प्रदेश

छैटौँ कटारी गोल्डकप : सिक्किमलाई हराउँदै कटारीको विजयी सुरुवात

उदयपुर– कटारीमा शनिबारदेखि सुरु भएको छैटौँ कटारी अन्तर्राष्ट्रिय आमन्त्रित मेयर

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट