आज २०८२ साल वैशाख ६ गते शनिबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल वैशाख ६ गते शनिबारको राशिफल


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल वैशाख ६ गते शनिबार। वैशाख कृष्ण पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अप्रिल १९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। सोचेको काम बन्नेछ। हरेक काममा सुधारका संकेत देखिने छन्। शिक्षामा सफलता मिल्नेछ। स्वास्थ्यमा लाभ प्राप्त हुनेछ। राजनीतिमा सुधारका संकेत देखिने छन्। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

वृष : आज तपाईंका लागि दिन राम्रो छ। शुभ ग्रह भएकाले सोचेको काम बन्नेछ। आम्दानी बढ्नेछ। अवसरको सदुपयोग गर्नुपर्ने दिन छ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : तपाईंको दिन धेरै नै राम्रो छ। लगानीबाट उत्साह बढ्नेछ। आफन्तको साथ र सहयोग प्राप्त हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारको साथ मिल्नेछ।

कर्कट : आज तपाईंका लागि संघर्ष गर्नुपर्ने दिन छ। झुटा आरोप लाग्ने जोखिम छ। विवादले सताउने हुनसक्छ। शिक्षामा मिहिनेत गरेको भए प्रगति हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

सिंह : दिन राम्रो छ। पुरानो साथीसँग रमाइलो भेट हुनेछ। परिवारको साथ मिल्नेछ। लगानीको क्षेत्रबाट फाइदा हुनेछ। विदेशको यात्रा सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ।

कन्या : आज धेरै नै झन्झटको सामना गर्नुपर्नेछ। घरभित्र तनाव हुनेछ। पुराना योजनाले गति लिनेछन्। साथीले सहयोग गर्नेछन्। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ। परिवारको सुझाव लिएर काम गर्नु राम्रो हुन्छ।

तुला : दैनिकी राम्रो छ। तपाईंको उत्कृष्ट कामको उचित मूल्यांकन हुनेछ। स्वास्थ्य र शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारको साथ प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन राम्रो छ। आज तपाईंलाई जिम्मेवारी थपिनेछन्। सञ्चित धनलाई सदुपयोग गर्नु राम्रो हुन्छ। ठुला काममा हात लगाउन हिम्मत गर्नु राम्रो हुनेछ। गुम्न लागेको सम्पत्ति प्राप्त हुने योग छ।

धनु : दिन राम्रो छ। बोलीको प्रभावले राम्रा काम बन्नेछन्। मनमा उत्साह रहनेछ। आफूले नसोचेका मानिसबाट साथ र सहयोग प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीले मनमा उत्साह थप्नेछ। ख्यानपानमा ख्याल नगर्दा रोग बढ्ने देखिन्छ।

मकर : दिन राम्रो छ। लामो समय रोकिएको काम बन्नेछ। साथीसँगको भेटले मन शान्त बन्नेछ। शिक्षामा प्रगति हुनेछ। परिवारमा मेलमिलाप हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन सामान्य छ। राम्रो काम गरे पनि जस भने अरुले लिने छन्। झुटा आरोपको सामना गर्नुपर्ने हुनसक्छ। थोरै बोलेर काम धेरै गर्नुपर्ने दिन हो। अपरिचित मानिसबाट साथ र सहयोग प्राप्त हुनेछ। परिवारको सहयोग मिल्नेछ।

मीन : आज बढी नै झन्झट बढ्नेछ। आफ्नो मान र मर्यादामा आँच आउने जोखिम छ। काम गर्दा सचेत हुनु राम्रो हुन्छ। तपाईंको बोलीको अर्थ उल्टो लगाउने सक्रिय छन्। शिक्षा र स्वास्थ्यमा श्रमको फल प्राप्त हुनेछ परिवारको सुझाव लिएर अगाडि बढ्नु राम्रो हुन्छ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ५ : ०३ बजे

मधेसको विकास अब रकेटको गतिमा हुनुपर्छ : प्रधानमन्त्री ओली

जनकपुरधाम– प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशको विकास अब वामे

जागरण अभियानबाट गाउँगाउँ, टोलटोल, घरघरमा जुरुक्कै उठ्ने स्थिति देखापरेको छ– प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै उत्पीडित

बङ्गलादेशमा पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध मुद्दा चलाइने

ढाका- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना वाजेदविरूद्ध उनको निर्देशनमा प्रहरीद्वारा भएको

राजनीतिक संयन्त्र र पदाधिकारी बैठकको निर्णय प्रजातान्त्रिक विधिले चिन्दैन : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह

फेकोफनको स्थापना दिवसमा मेलुङमा वृक्षारोपण 

दोलखा– जिल्लाको मेलुङ गाउँपालिकामा फेकोफनको स्थापना दिवसको अवसर पारेर वृक्षारोपण