एल साल्भाडोर पुगे डेमोक्रेट सिनेटर « Khabarhub

एल साल्भाडोर पुगे डेमोक्रेट सिनेटर


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एल साल्भाडोर – अमेरिकी सिनेटरले भुलवश एल साल्भाडोर लगिएका मेरिल्यान्डका नागरिकलाई त्यहाँ यातना दिइएको बताएका छन्।

डेमोक्रेटका सिनेटर म्याट भलानले त्यहाँ पुगेर डिपोर्ट गरिएका किलमार अलग्रेबो गार्सियालाई भेटेका हुन्।

उनले एल साल्भाडोरलाई नै उनको रिहाइका लागि अनुरोध गरेको बताए। गार्सियालाई एल साल्भाडोरको सेकोत जेलमा लगिएको हो। त्यहाँ यातना दिइएपछि उनलाई अन्यत्र सारिएको छ। १२ मार्चका दिन आइसिई अधिकारीले गार्सियालाई बाल्टीमोरबाट गिरफ्तार गरेका थिए। १४ मार्चका दिन उनलाई डिपोर्ट गरेर एल साल्भाडोर लगिएको हो।

२४ मार्चमा गार्सियाको श्रीमती जेनिफर भास्क्यु साराले अमेरिकी सरकारको विरुद्धमा धारणा राखेकी थिइन्।

४ अप्रिलका दिन मेरिल्यान्डका न्यायाधीश जिनिसले गार्सियालाई एल साल्भाडोर बाट अमेरिका फिर्ता ल्याउन पर्ने बताए। ११ अप्रिलमा जिनिसले अमेरिकी सरकारले गरेको प्रयासको विवरण मागेका थिए।

हेलनको एल साल्भाडोरको यात्रालाई ट्रम्पले मूर्खतापूर्ण यात्रा तथा स्टन्डबाजीका लागि मात्र यो सबै गरिएको बताए।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  १० : १० बजे

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५