प्रविधिमैत्री बन्दै काठमाडौं महानगरका विद्यालय « Khabarhub

प्रविधिमैत्री बन्दै काठमाडौं महानगरका विद्यालय


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले शैक्षिक गुणस्तरको लागि सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन थालेको छ ।

कामपा–२६ ले पनि लैनचौरस्थित शान्ति विद्या गृह माध्यमिक विद्यालयलाई प्रविधिमा आधारित शिक्षण सिकाइ क्रियाकलापका लागि २० वटा डिजिटल बोर्ड हस्तान्तरण गरेको छ ।

वडाध्यक्ष ख्यामराज तिवारीले विद्यालयका प्रधानाध्यापक शिवकुमारी बराल घिमिरेलाई बोर्ड  हस्तान्तरण गरेका हुन् । प्रदान गरिएका बोर्डहरू ६५ इञ्चका छन् । वडाले सार्वजनिक खरिद प्रक्रियाबाट ४३ लाख ५९ हजार ५४० मूल्यमा सामान प्राप्त गरेको हो ।

बोर्ड हस्तान्तरण गर्दै वडाध्यक्ष तिवारीले भने, ‘पूर्वाधार, सामान तथा उपकरण र प्रविधि प्राप्त गर्नु भनेको गुणस्तरीय कार्यक्रमका जग हो सही उपयोग भएन भने नतिजा आउँदैन । यसकारण शिक्षकहरूले पनि आफूलाई समयसापेक्ष रूपान्तरण गर्दै प्रविधिमा आधारित कक्षा सञ्चालनमा दक्ष बनाउनुपर्छ । तालिम आवश्यक परे भन्नुपर्‍याे त्यसका लागि कामपा उपलब्ध गराउन तयार छ ।’

उनले विद्यालयका लागि करिब ४० लाख लागत बराबरको कम्प्युटर ल्याब बनाउने योजना सार्वजनिक खरिद प्रक्रियामा रहेको समेत जानकारी दिँदै सबै प्रक्रिया पूरा भएपछि जडान हुने बताए ।

शैक्षिक गुणस्तर विकासका लागि आउँदो १० वर्षपछिको समय पूर्वानुमान गरेर अहिलेदेखि नै कार्यक्रम कार्यान्वयनमा लैजानुपर्ने विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष भण्डारीको धारणा थियो ।

वडाका सचिव केदार रिमालका अनुसार स्थानीय परिवेशलाई विश्वको अवस्थासँग दाँजेर प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न कामपाका कार्यक्रममा वडाले आफ्नो लगानी जोडेको बताए ।

त्यस्तै कामपाले केही दिन अघिमात्रै सामुदायिक विद्यालयका कक्षाकोठामा ५० हजार घण्टा क्षमता भएको स्मार्ट बोर्ड जडान सुरु गरेको थियो । कामपाले रामशाह पथमा रहेको पद्मोदय माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड जडान गरी उक्त कार्यको थालनी गरेको थियो ।

कामपाको गौरव योजनाअन्तर्गत ‘गरी खाने शिक्षा, महानगरको इच्छा’ कार्यक्रमअन्तर्गत सूचना प्रविधिमैत्री विद्यालय, डिजिटल शिक्षण सिकाइ कार्यक्रमका लागि चालु र क्रमागत गरेर करिब २० करोड विनियोजित रहेको कामपाको निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले बताए ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ११ : ०४ बजे

चुम उपत्यका पुगेका पर्यटक अलपत्र

गोरखा– भ्रमणका क्रममा चुम उपत्यका पुगेका पर्यटकहरू अलपत्र परेका छन्

पुलको पहुँचमार्ग बन्यो : १५ दिनपछि बागलुङमा सीधा यातायात सञ्चालन

बागलुङ– पन्ध्र दिनपछि बागलुङ जिल्ला सिधा यातायातको पहुँचमा जोडिएको छ

कांग्रेस सहमहामन्त्री खुलामा २३९० मत गन्दा रामहरि र अजयबाबुको अग्रता कायमै

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुलामा रामहरि

पृथ्वी राजमार्ग भोलि ६ घण्टा बन्द हुने

काठमाडौं- त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि धादिङको गलौँदी क्षेत्रमा पृथ्वी

एल निनोका कारण समुद्री तापक्रममा नयाँ रेकर्ड, सन् २०२७ मा विश्वव्यापी तापक्रम बढ्ने चेतावनी

पेरिस- शक्तिशाली एल निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रको समुद्री