मध्यपहाडी लोकमार्ग :  क्षतिग्रस्त पुलको चाँडो मर्मत गर्न आवश्यक « Khabarhub

मध्यपहाडी लोकमार्ग :  क्षतिग्रस्त पुलको चाँडो मर्मत गर्न आवश्यक


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत तमोर नदीस्थित तेह्रथुम र पाँचथर जोड्ने क्षतिग्रस्त पुल निर्माणका लागि दुवै जिल्लाका जनप्रतिनिधि र सरोकारवालाहरुले पहल सुरु गरेका छन् । 

तेह्रथुमको आठराई गाउँपालिका–६ र पाँचथरको फिदिम नगरपालिका–४ मा पर्ने उक्त पुलको आठराइतर्फको भागमा गत वर्षको असोज १२ गते तमोर नदीमा आएको बाढीका कारण क्षति भएको थियो । प्राविधिकसहितको स्थलगत अवलोकनपछि पुलमा समस्या देखिएको उल्लेख गर्दै चाँडो मर्मत आवश्यक भएको तेह्रथुमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सीता गुरुङले बताइन्।

निरीक्षणपछि दुवै जिल्लाका विपद् व्यवस्थापन समितिले तत्काल संरक्षणका लागि काम थाल्न सम्बन्धित निकायमा अनुरोध गर्दै थप पहलकदमी थाल्ने निर्णय गरेको टोलीमा रहनुभएका तेह्रथुमबाट निर्वाचित प्रदेशसभा सदस्य दुर्गाप्रसाद चापागाईंले बताए। 

यस वर्षको वर्षामा पुलमा थप क्षति हुनसक्ने आकलन गरिएको उक्त टोलीको निष्कर्ष छ । त्यसैले मनसुन सुरु हुनुअगावै पुलको क्षतिग्रस्त भागको मर्मत गर्न पहल थालिएको आठराई गाउँपालिकाका  अध्यक्ष दिलकुमार पाहिमकले बताए। 

टोलीमा प्रतिनिधिसभा सदस्य गुरुङसँगै प्रदेशसभा सदस्य दुर्गाप्रसाद चापागाईं, जिल्ला समन्वय समिति तेह्रथुमका प्रमुख गुमानसिं इस्वो, जिल्ला समन्वय समिति पाँचथरका प्रमुख रामराज आङ्देम्बे, फिदिम नगरपालिका पाँचथरका प्रमुख मित्रप्रसाद काफ्ले, तेह्रथुमका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी र पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालालगायत थिए। 

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  १२ : ३६ बजे

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १