तीन महिने आँखा शिविरबाट ६७४ जना लाभान्वित « Khabarhub

तीन महिने आँखा शिविरबाट ६७४ जना लाभान्वित


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– बनेपास्थित रेयुकाई ईको मासुनागा आँखा अस्पतालको ढल्केबरस्थित शाखा अस्पतालले आयोजना गरेको तीन महिने आँखा शिविरबाट ६७४ जना लाभान्वित भएका छन् । शिविरबाट धनुषा, महोत्तरी तथा सिरहाका आँखाका बिरामी लाभान्वित भएको अस्पतालले जनाएको छ । 

त्यस अवसरमा बिरामीहरूको निःशुल्क रुपमा मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो । रुइत फाउण्डेसन र स्थानीय पालिकाहरूको समन्वय एवम् सहयोगमा आयोजित शिविरमा ३५२ जना पुरुष तथा ३२२ जना महिलाले सेवा लिएका थिए । 

शिविरअन्तर्गत तीन जिल्लाका विभिन्न स्थानमा पुगेर सेवा दिइएको थियो । शिविरमा आँखा जाँचका क्रममा भेटिएका बिरामीहरुको ढल्केवरस्थित अस्पतालमा शल्यक्रिया गरिएको अस्पतालका निर्देशक तथा जलविन्दु विशेषज्ञ डा दिक्षा मल्लले जानकारी दिए । उनका अनुसार महोत्तरीको गौशाला, औरही, भङ्गहा बर्दीबास, मटिहानी र धनुषाको मिथिला तथा नगराइकन एवम् सिरहाको कल्याणपुर तथा नरहालगायतका स्थानमा शिविर सञ्चालन गरिएको थियो ।

गत माघ  ६ गते सुरु भएको शिविर आज सम्पन्न भएको हो । शिविरमा डा दिक्षा मल्ल, कोर्निया विशेषज्ञ डा लिशा श्रेष्ठ, अकुलोप्लास्टी विशेषज्ञ डा साकेत पराजुली तथा डा उमेश साहले सेवा दिएका थिए। 
 

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  २ : २३ बजे

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १