पर्यटन क्षेत्रको विकासमा महिलाको नेतृत्वदायी भूमिका : मन्त्री पाण्डे « Khabarhub

पर्यटन क्षेत्रको विकासमा महिलाको नेतृत्वदायी भूमिका : मन्त्री पाण्डे


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पाटन – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन उद्योगमा महिला उद्यमशीलता नै अर्थतन्त्रको महत्वपूर्ण आधार हुनसक्ने बताएका छन् ।

वर्तमान ‘डिजिटल’ युगमा नेपाली पर्यटन उद्योगमा महिला विषयमा नेपाल पर्यटन बोर्डले आज आयोजना गरेको कार्यक्रममा उनले महिला पर्यटन क्षेत्रको विकासमा नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्षम छन् भने । 

पर्यटनमन्त्रीले आगामी वर्षको बजेटमा पर्यटन क्षेत्रको विकास र समृद्धिलाई केन्द्रमा राखेर रकम विनियोजन गरिने प्रतिबद्धता व्यक्त गरे।

 “पर्यटन क्षेत्रको विकास निजी क्षेत्रसँगको सहकार्यमा अझ प्रभावित ढङ्गले गर्न सकिन्छ सार्वजनिक–निजी साझेदारीको अवधारणाअनुसार काम गरौँ”, निजी क्षेत्रलाई विदेशी मुद्राआर्जनको प्रमुख उद्योगको विकासमा लाग्न आह्वान गर्दै उनले भने । 

राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी अधिकारीले पर्यटन उद्योगलाई प्रविधिमैत्री बनाउन हरेक क्षेत्रमा इन्टरनेटको प्रबन्ध गर्नुपर्नेमा जोड दिए ।

‘हामी १६औँ योजना कार्यान्वयनमा छौँ, सोहीअनुरूप नीति तथा कार्यक्रम तर्जुमा गरेर अघि बढेका छौँ महिलाको योगदानबाट पर्यटनका साथै विकास निर्माणका कार्यक्रमले चाँडो गति लिन्छन् । आर्थिक विकासमा पनि महिलाको भूमिका महत्वपूर्ण छ’, उनले भने । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले पाँच लाख महिला जनशक्तिलाई पर्यटन क्षेत्रले रोजगारी प्रदान गरेको तथ्यांक प्रस्तुत गर्दै महिलालाई आर्थिक रुपमा सशक्त गराउनुपर्नेमा जोड दिए । 

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले पर्यटन क्षेत्रमा महिलाको सहभागिता निरन्तर बढिरहेको भन्दै डिजिटल माध्यमले महिलालाई काम गर्न सहज भएको बताए। 

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  २ : ४२ बजे

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक