आईसीसी यू–१९ विश्वकपः नेपालको फाइनल यात्रा टुङ्गिदा अफगानिस्तान प्रवेश « Khabarhub

आईसीसी यू–१९ विश्वकपः नेपालको फाइनल यात्रा टुङ्गिदा अफगानिस्तान प्रवेश


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिकूलताका कारण आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपाल र अफगानिस्तानबीच शनिबारको खेल रद्द भएपछि नेपालको विश्वकप सपनामा विराम लागेको छ ।

अफगानिस्तान फाइनलमा पुगेको छ भने जिम्बाबे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकप २०२६ मा नेपालले आफ्नो प्रतिनिधित्व गुमाएको छ ।

नेपाललाई यो खेल जित्नैपर्ने दबाब थियो। समान ६ अंक रहे पनि अफगानिस्तान नेट रनरेटमा नेपालभन्दा अगाडि थियो । यो खेल रद्द भएपछि दुबै टोली अङ्क बाँडेका छन् । नेटरनरेटमा अगाडि भएको कारण सात अङ्ककसहित अफगानिस्तान विश्वकप २०२६ मा छनोट हुन सफल भएको हो। समान सात अङ्क रहे पनि नेपाल विश्वकप प्रवेश हुनबाट बञ्चित भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले खेल तल्लो मूलपानी क्रिकेट रंगशालामा बिहान ९ः३० बजे सुरु हुने जनाएको थियो । तर ३० यार्ड सर्कलभित्रको मैदान सबै सुके पनि बाउन्ड्री लाइन छेउछाउको मैदान भिजेकै कारण खेल खेलाउन सम्भव भएन । म्याच रेफ्री तथा अम्पायरहरुले कम्तीमा २०–२० ओभरको खेल खेलाउन पनि असम्भव रहेको बताएका थिए । दिउँसो २ बजेसम्म खेल हुने सम्भावना रहेपनि भिजेको आउटफिल्ड सुकाउन नसकेपछि खेलको सम्भावना टुङ्गिएको थियो ।

नेपालले यसअघि ८ पटक आईसीसी यू–१९ विश्वकप खेलिसकेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ४ : १५ बजे

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर

करिब १ सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर– थाहा नगरपालिका-१० टौखेलबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ करिब १