कालीकोटमा नेपाली हाते कागज उत्पादन « Khabarhub

कालीकोटमा नेपाली हाते कागज उत्पादन


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मान्म– कालीकोटको पचालझरना गाउँपालिकामा नेपाली हाते कागज उद्योग सञ्चालनमा आएको छ । 

गाउँपालिकाको उद्योग विकास शाखाको आर्थिक सहयोगमा पचालभरना गाउँपालिका–७ को समन्वय तथा पोखरा भ्याली टेक्निकल टेनिङ इन्स्टिच्युट पोखराको प्राविधिक सहयोगमा नेपाली हाते कागजको उद्योग सञ्चालन गरिएको हो ।

 उद्योग सञ्चालनपछि स्थानीय समुदायलाई कागज उत्पादनमा दक्षता प्राप्त गर्न मद्दत पुर्याउने गाउँपालिकाको लक्ष्य रहेको छ । 

नेपाली हाते कागजको उत्पादनले वातावरणीय दृष्टिले पनि योगदान पुर्‍याउने भएकाले यसले सामुदायस्तरमा दिगो विकासमा मद्दत पुर्याउने विश्वास लिएको गाउँपालिका उद्योग विकास शाखा प्रमुख नेत्रराज शाहीले बताए।

‘स्थानीयलाई हाते कागज उत्पादन गरेर रोजगारमूलक काममा लगाउने लक्ष्य राखिएको छ’, उनले भने, ‘यहाँ उत्पादन भएको कागजलाई यहीको सरकारी कार्यालयमा खपत तथा बिक्री गर्ने उद्देश्य छ ।’

कागजको उत्पादन प्रक्रिया सुरु भएपछि स्थानीय व्यावसायिक गतिविधिमा वृद्धि र युवालाई स्वरोजगारको अवसर उपलब्ध गराउने प्रशिक्षक रजबहादुर शाहीले बताए। 
 

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ५ : ४५ बजे

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर