वर्षासँगै सूर्यविनायक साँगा सडक एकतर्फी सञ्चालन « Khabarhub

वर्षासँगै सूर्यविनायक साँगा सडक एकतर्फी सञ्चालन


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक जगाती हुँदै  काभ्रेपलाञ्चोक जाने सडक एकतर्फी सञ्चालन गरिएको छ । 

वर्षा भएपछि आज सडक एकतर्फी सञ्चालन गरिएको हो । काभ्रेको साँगा र भक्तपुरतर्फ आउने भक्तपुर खण्ड वर्षा भएसँगै सडक एकतर्फी सञ्चालन गर्नुपरेको भक्तपुर ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिए ।

वर्षापछि सडकमा हिलोका कारण सवारिसाधन चिप्लिएर जोखिम बढेपछि काभ्रेबाट भक्तपुरतर्फ आउनेलाई मात्रै साँगाबाट आउन दिएको उनले बताए। भक्तपुर हुँदै काभ्रे जाने दुईपाङ्ग्रेलगायत हल्का चारपाङ्ग्रे सवारीसाधनहरू जगातीबाट च्याम्हसिंह हुँदै ताथली नाला सडकबाट बनेपा निस्कने गरी व्यवस्था मिलाइएको छ ।  

भक्तपुरबाट काभ्रे जाने ठूला मालवाहक सवारीसाधनलाई भने जगातीमै रोकिएको छ । सूर्यविनायक धुलिखेल सडकखण्ड निर्माणाधीन अवस्थामा रहेका कारण साँगाखण्डमा हल्का वर्षाले पनि सडक हिलाम्मे हुने र सवारिसाधन चिप्लिने समस्या हुने गरेको छ । 

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ६ : ०७ बजे

‘प्रधानमन्त्रीसँग पुरानो ब्यागेज छैन, भारतसँग नयाँ ढंगले काम गर्न सक्नुहुन्छ’

नेपाल र भारतबीचको सम्बन्धको विषयमा केही नबोली बुझिँदैन । केही

परराष्ट्रमन्त्री खनालसँग स्विट्जरल्यान्डकी राजदूत मेउलीको शिष्टाचार भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत

नेपाली कांग्रेसको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी

काठमाडौँ – नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले