नेपाल बारमा नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण « Khabarhub

नेपाल बारमा नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बार एसोसिएसनमा प्रा.डा विजयकान्त मिश्रको नेतृत्वको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ । बार एसोसिएसनद्वारा आज आयोजित वार्षिक साधारणसभा तथा पदभार हस्तान्तरण कार्यक्रममा यसअघिका अध्यक्ष गोपालकृष्ण घिमिरेको कार्यसमितिले नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरेको हो ।

बारको अध्यक्षसहित २७औँ केन्द्रीय कार्यसमिति चयनका लागि गत चैत २३ गते निर्वाचन भएको थियो । उक्त निर्वाचनमा वृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो । उक्त निर्वाचनले बारमा २५ जना नयाँ कार्यसमिति चयन गरेको हो ।

पदभार हस्तान्तरण कार्यक्रममा नवनिर्वाचित अध्यक्ष मिश्रले नेपाल बारलाई राजनीतिबाट मुक्त तुल्याउने, वकिलहरूको पेसागत हकहितका लागि आवाज उठाउने साझा र बलियो संस्थाका रूपमा अघि बढाउने अभियानमा साथ सहयोगको अपेक्षा गरे।

उनले भने, ‘निर्वाचनका बेला जारी गरिएको घोषणपत्र कार्यान्वयन, संस्थालाई राजनीतिबाट मुक्त, गतिविधिलाई पारदर्शी र नतिजा मूलक बनाउन नयाँ कार्यसमितिले ध्यान पुर्‍याउने छ ।’

अध्यक्षका प्रत्यासी श्रेष्ठले निर्वाचनमा राजनीतिक दल र सरकारको प्रत्यक्ष असर पर्न नहुने धारणा राखे। उनले बारका निर्णय तथा गतिविधिमा राजनीतिक दल र सरकारको प्रभाव परेमा वा त्यस प्रकारका गतिविधि भएमा स्वीकार्य नहुने बताए।

श्रेष्ठले भने, ‘बारले वकिलको हकहित र कतिपय सन्दर्भमा न्यायलयबारे उठ्दै आएको प्रश्नलाई स्वतन्त्रपूर्वक निष्कर्षमा पुर्‍याउन कोसिस गर्नुपर्छ ।’

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्तव्य राख्ने अन्य वक्ताले पुर्खाले आर्जेको प्रतिष्ठा र एकताको भावसहित निष्पक्ष वातावरणमा काम गर्न नयाँ कार्यसमितिलाई सुझाव दिए । 

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ६ : १० बजे

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक