सङ्क्रमणकालीन न्यायको विषय टुङ्ग्याउन शीर्ष तीन दलको बैठक « Khabarhub

सङ्क्रमणकालीन न्यायको विषय टुङ्ग्याउन शीर्ष तीन दलको बैठक


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ सहभागी रहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी कानून बने पनि कार्यान्वयनका लागि आवश्यक सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग बन्न नसकेको अवस्थामा तीन दलका शीर्ष नेताको बैठक बसेको हो ।

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुवै आयोगमा पदाधिकारी नियुक्ति सिफारिसका लागि सर्च कमिटीसमेत गठन भएको थियो । तर उक्त कमिटीले पदाधिकारी सिफारिस गर्न सकेको थिएन ।

बैठकमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नी खरेल सहभागी छन् ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ६ : २१ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिनिधिसभा निर्वाचन: देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ६ गते मंगलबार। माघ

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले