सङ्क्रमणकालीन न्यायको विषय टुङ्ग्याउन शीर्ष तीन दलको बैठक « Khabarhub

सङ्क्रमणकालीन न्यायको विषय टुङ्ग्याउन शीर्ष तीन दलको बैठक


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्क्रमणकालीन न्यायलाई टुङ्ग्याउने विषयमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ सहभागी रहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी कानून बने पनि कार्यान्वयनका लागि आवश्यक सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग बन्न नसकेको अवस्थामा तीन दलका शीर्ष नेताको बैठक बसेको हो ।

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुवै आयोगमा पदाधिकारी नियुक्ति सिफारिसका लागि सर्च कमिटीसमेत गठन भएको थियो । तर उक्त कमिटीले पदाधिकारी सिफारिस गर्न सकेको थिएन ।

बैठकमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नी खरेल सहभागी छन् ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ६ : २१ बजे

अमेरिकाले भन्यो- इरानमाथि कडा प्रहार हुन बाँकी नै छ

तेहरान- इरान र अमेरिकाबीचको तनाव चरम बिन्दुमा पुगेको छ। इरानले

मौन अवधिमा केके गर्न पाइँदैन ?

काठमाडौं – बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु

आयल निगमले भन्यो- इन्धन नियमित हुन्छ, अनावश्यक भण्डारण नगर्नु

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले

तराईका जिल्लामा आज होली

काठमाडौं – रङहरूको पर्व होली आज तराईका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदैछ

निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन