मानव कल्याणमा समर्पित हुन आवश्यक : प्रेम रावत « Khabarhub

मानव कल्याणमा समर्पित हुन आवश्यक : प्रेम रावत


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  अन्तर्राष्ट्रिय शान्तिवक्ता तथा लेखक प्रेम रावतले मानिसको जीवन अनमोल रहेकाले आफूभित्रको दया र करुणाका भावबाट मानव कल्याणमा समर्पित हुन आह्वान गरेका छन् ।

आत्मज्ञान प्रचार सङ्घले रुपन्देहीको सैनामैना–७ स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आयोजित कार्यक्रममा उनले यस्तो आह्वान गरेका हुन् । 

‘मानिसको जीवन अनमोल छ र यो चोला फेरि पाइँदैन भन्ने कुरा सम्झाउनका लागि आएको हुँ । मानिसभित्र दया, माया र करुणाजस्ता धेरै राम्रा कुराहरू छन् । त्यसलाई मानव कल्याणमा समर्पित गर्नु आवश्यक छ’, रावतले भने। 

‘द प्रेम रावत फाउन्डेसन’ (टिपिआरएफ) का संस्थापक उनले श्वासको मूल्यलाई नबुझेसम्म जीवन कति अमूल्य छ भन्ने बुझ्न कठिन हुने तर्क गरे।

कार्यक्रममा नेपाल–भारतको सीमावर्ती क्षेत्रबाट ठूलो सङ्ख्यामा उनका शुभेच्छु र अनुयायीको सहभागिता रहेको संस्थाका सदस्य डा श्रीराम अधिकारीले जानकारी दिए । उनको आन्तरिक सुख र शान्तिसम्बन्धी व्यावहारिक सन्देश ११० भन्दा धेरै देशमा सुन्ने गरिन्छ ।

प्रतिष्ठानले नेपाल, भारत, घाना र दक्षिण अफ्रिकामा विपन्न वर्गका बालबालिका तथा अस्वस्थ वयस्कहरूलाई समेत पौष्टिक भोजन प्रदान गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ६ : ४५ बजे

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर