वीरगञ्ज महानगरमा डुबान रोक्न नाला सफाइ « Khabarhub

वीरगञ्ज महानगरमा डुबान रोक्न नाला सफाइ


६ बैशाख २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकाले बर्सातको समयमा यहाँको बजार क्षेत्रमा हुनसक्ने सम्भावित डुबानलाई लक्षित गरेर नाला सरसफाइको काम अगाडि बढाएको छ । 

महानगरले घण्टाघर नजिकै रहेको जिल्ला हुलाक कार्यालयदेखि भन्सार कार्यालय क्षेत्रसम्मको मुख्य नाला सरसफाइको कामलाई तीव्रता दिएको जनाएको छ ।

महानगर प्रमुख राजेशमान सिंहले बर्सातको समयमा डुबानको समस्या हुन नदिन नाला सफाइको कामलाई अघि बढाइएको जानकारी दिए ।

‘मुख्य सडकको नालादेखि सहायक सडकका नाला पनि सरसफाइ हुँदै आइरहेको छ’, उनले भने, ‘महानगरका तीनवटा स्काभेटर र थप अर्को चेन स्काभेटरको माध्यमबाट नाला सफाइको काम भइरहेको छ ।’ 

महानगरका अनुसार छपकैयास्थित पानी प्रशोधन केन्द्रदेखि उत्तरतर्फ सफाइको काम सकेर हाल दक्षिणतर्फ भन्सारसम्म सफाइको काम भइरहेको छ । 

महानगर प्रमुख सिंहले स्काभेटरले सफाइ गर्न सक्ने ठाउँमा त्यसले र नसक्ने ठाउँमा मानव जनशक्ति खटाएर सरसफाइ भइरहेको बताए। सहरको करिब ८० प्रतिशत पानी बग्ने मुख्य नाला सफाइ भए मात्रै वीरगञ्ज डुबानबाट बच्ने भएकाले सरसफाइलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए। 

मुख्य नाला सफाइ गर्न चारवटा स्काभेटर र २५ जना सफाइकर्मी दैनिक खटिरहेका छन् ।
 

प्रकाशित मिति : ६ बैशाख २०८२, शनिबार  ७ : ०२ बजे

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा

देउवाका विश्वास पात्र मीनदेखि डिनासहित करिब दर्जन नेताले स्वीकारे गगनको निम्तो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बिहीबार सुरू बैठकमा तत्कालीन सभापति

जलवायु न्यायदेखि महँगी नियन्त्रणसम्म सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आर्थिक पुनर्जागरण, विपद्पछिको पुनर्निर्माण, सडक