‘मैले कहिल्यै चामल किन्नु परेन’ भन्ने जापानी मन्त्रीले मागे माफी « Khabarhub

‘मैले कहिल्यै चामल किन्नु परेन’ भन्ने जापानी मन्त्रीले मागे माफी


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आफूले कहिल्यै चामल किन्नु नपरेको बताएका जापानी मन्त्रीले माफी मागेका छन् । जापानका कृषिमन्त्री ताकु एतोले सोमबार माफी मागेका हुन् ।

यसअघि उनले समर्थकबाट पाउने उपहारका कारण आफूले कहिल्यै चामल किन्नु नपरेको बताएका थिए । उनको यो भनाइपछि मूल्यवृद्धिको सामना गरिरहेका आम जापानी उपभोक्तामा आक्रोश छाएको थियो ।

आइतबार राजनीतिक चन्दा संकलन कार्यक्रममा मन्त्री एतोले आफूले कहिल्यै चामल किन्नु नपरेको बयान दिएका थिए । जापानको एनएचके समाचार संस्थाले सार्वजनिक गरेको भिडियोमा उनले आफूसँग बेच्न समेत पुग्ने चामल रहेको बताएका छन् ।

एतोको यो भनाइ जापानमा रातारात भाइरल भएको थियो । कतिपय जापानीले मन्त्रीको राजीनामा समेत मागेका थिए ।

उनले आफूले गलत बोलेको भन्दै सोमबार माफी मागेका हुन् । उनले पार्टी कार्यकर्ताको भीडलाई खुशी पार्न यस्तो बोलेको हुनसक्ने समेत प्रष्टोक्ति दिएका छन् ।

पछिल्लो समय जापानमा चामलको भाउ बढिरहेको समाचार संस्था रोयटर्सले जनाएको छ । अहिले जापानमा ५ किलो चामलको भाउ औसतमा ४ हजार २ सय ६८ येन रहेको जनाइएको छ । यो अघिल्लो साताभन्दा ५४ येन धेरै हो ।

जापानमा आगामी जुलाई महिनामा माथिल्लो सदनको चुनाव आयोजना हुँदैछ । त्यसअघि जापानी मन्त्रीको यो भनाइले आम मतदातामाझ चर्को रोष पैदा गरेको जनाइएको छ ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ३ : ५० बजे

मानव अधिकार तथा शान्ति समाजले गर्‍यो अमेरिकी राजदूतावास अगाडि प्रदर्शनी  

काठमाडौं– हाल जारी अमेरिका/इजरायल र इरानबीचको युद्धले विश्व शान्ति नराम्ररी

भृकुटीमण्डपमा सुरु भयो फ्लोरा एक्स्पो (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि २७औँ फ्लोरा एक्स्पो सुरु भएको छ

इरान युद्धमा एक्लिँदै ट्रम्प : नाटो देशहरूले भने, ‘त्यो हाम्रो लडाइँ होइन’

तेहरान- इरानमा सर्वोच्च नेता अली खामेनेईसहित ४० भन्दा बढी अधिकारी

दुई सय पाँच गोही राप्तीमा छाडियो

चितवन– चितवन राष्टिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीमध्ये २५० गोहीलाई राप्ती

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली– यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर दिँदा