कोशीका चार सांसद सवार गाडीलाई डीएसपीले हाँकेको कारले ठक्कर दियो « Khabarhub

कोशीका चार सांसद सवार गाडीलाई डीएसपीले हाँकेको कारले ठक्कर दियो


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोशी प्रदेश सभा सदस्यहरू सवार एउटा गाडी मोरङको कानेपोखरीमा दुर्घटनाग्रस्त भएको छ ।

झापाबाट विराटनगर जाने क्रममा दुर्घटनामा परेको गाडीमा प्रदेश सभा सदस्यहरू नेकपा एमालेका सांसदद्वय नम्बरलाल धिमाल र राधाकृष्ण खनाल, नेपाली कांग्रेसकी मैया श्रेष्ठ र एकीकृत समाजवादीकी विद्या चाम्लिङ सवार थिए ।

उनीहरू सवार गाडीलाई एकजना डीएसपीले हाँकेको अर्को कारले ठक्कर दिएको खुलेको छ ।

इटहरीबाट झापातिर गइरहेको बा ५ च ३५२० नम्बरको रातो कारले विराटनगरतर्फ आइरहेको बीएइ १४०६ नम्बरको चारजना सांसदहू सवार अर्को गाडीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

सांसदहरू सवार गाडीलाई ठक्कर दिने कार जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले हाँकेको खुलेको छ।

यता सांसदहरू सवार गाडीलाई झापाको दमक नगरपालिका-१ निवासी का ४० वर्षीय भेषराज श्रेष्ठले हाँकिरहेका थिए । उक्त दुर्घटनामा दुवैतर्फ मानवीय क्षति भएको छैन ।

तर दुवै सवारीसाधानमा भने ठूलो क्षति पुगेको छ । सांसदहरू सवार गाडीको अगाडिको भागमा ठूलो क्षति पुगेको छ ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ४ : २८ बजे

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर