शिक्षा विधेयकबारे उपसमितिको प्रतिवेदनमाथि हतारमा टीकाटिप्पणी गर्नु अनुचित : शिक्षामन्त्री « Khabarhub

शिक्षा विधेयकबारे उपसमितिको प्रतिवेदनमाथि हतारमा टीकाटिप्पणी गर्नु अनुचित : शिक्षामन्त्री


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


636
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकका सम्बन्धमा उपसमितिको प्रतिवेदनमाथि हतारमा टीकाटिप्पणी गर्नु उचित नहुने बताएका छन्  

सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पन्तले उपसमितिको प्रतिवेदनमाथि छलफल नै गर्न बाँकी भएको र केही विषय अझै टुङ्गो लाग्न नसकेकाले हतारमा टीकाटिप्पणी गर्नु उचित नहुने बताएका हुन् । 

उनले विद्यालय शिक्षा विधेयकका अपूर्ण विषयलाई समितिमार्फत पूर्ण गरिने बताए। उपसमितिको प्रतिवेदनमाथि यही ७ गतेदेखि शिक्षा समितिमा छलफल हुने भएकोले हतार गर्न नहुने उनको भनाइ छ ।  

विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिले आइतबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा प्रतिवेदन बुझाएको थियो । उपसमितिको प्रतिवेदनमाथि शिक्षक महासंघले असन्तुष्टि जनाइसकेको छ । 

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ४ : ५२ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी