सेखाङलुग्वा खोलामा लेदोसहितको पहिरो : हुम्लाको तिल गाउँ जोखिममा « Khabarhub

सेखाङलुग्वा खोलामा लेदोसहितको पहिरो : हुम्लाको तिल गाउँ जोखिममा


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– हुम्लाको नाम्खा गाउँपालिका–६ मा रहेको तिल गाउँमा जोखिममा रहेको छ । गत जेठ १ गते सेखाङलुग्वा खोलामा लेदोसहितको पहिरो आएपछि गाउँ जोखिममा परेको हो ।  

पहिरोको जोखिम परेका १८ घरपरिवारका ३२ जनालाई जेठ १ गते राति नै विद्यालयमा राखिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । 

‘अहिले पनि त्रिपालमा बस्दै आएका छन्,’ उनले भने,‘२१ महिला, ९ जना पुरुष र २ बालक छन् ।’ पहिरोका कारण तिल्चुङ खोलामा रहेका ५ वटा काठे पुल बगाएको गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले बताए । 

‘लेदोसहित पहिरो आउनुको कारणका विषयमा अध्ययन भइरहेको छ ,’ उनले भने,‘जोखिममा परेको गाउँका मानिस अहिले सुरक्षित स्थानमा राखिएको छ ।’

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ४ : ५५ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी