दिव्याको हातमा दुई फिल्म, साइन् गरिन् ‘राम नाम सत्य’ « Khabarhub

दिव्याको हातमा दुई फिल्म, साइन् गरिन् ‘राम नाम सत्य’


५ जेष्ठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायका दीलिप रायमाझीकी छोरी दिव्याले गत वर्ष फिल्म ‘एक्टर ः टेकवान’बाट ठूलो पर्दामा डेब्यू गरिन् । यत वर्ष नै उनका यो र ‘पिताम्बर’ गरी दुई फिल्म प्रदर्शनमा आए ।

यी दुवै फिल्मको व्यापार कमजोर नै रह्यो । तर, दिव्याको व्यस्तातालाई भने यसको फरक पारेको देखिँदैन । उनका अझै दुई फिल्म छन् ।

उनले गत वर्ष नै नयाँ फिल्म ‘माया प्रीति’ साइन गरेकी थिइन् । अहिले फेरि उनले अर्को फिल्म ‘राम नाम सत्य’ साइन गरेकी हुन् ।

‘राम नाम सत्य’ निर्माण टिमले सोमबार दिव्यासँग कागजी सम्झौता भएको सार्वजनिक गरेको हो ।

साइन गरेपछि दिव्या भन्छिन्, ‘स्क्रिप्ट मन प¥यो । मलाई प्रस्ताव गरिएको भूमिका पनि राम्रो छ । त्यही भएर काम गर्न तयार भएँ ।’

यस फिल्मको नायकमा विराज भट्ट र सशील श्रेष्ठ पहिला नै अनुबन्ध भइसकेका छन् । विराजले यही फिल्मका कारण ‘१२ गाउँ’को सिक्वेलको काम पछाडि सारेको बुझिएको छ ।

विराज र सुशीलसँग सहकार्य गर्न पाउँदा दिव्या उत्साहित देखिएकी छन् ।

अब केही कलाकारलाई चयन गरेर वर्कसप थाल्ने तयारीमा निर्माण पक्ष रहेको छ । छायाङ्कन भने साउनबाट सुरु हुने बताइएको छ ।

माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा बन्न लागेको यो फिल्ममा माइकल चन्दको लेखन छ । उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङ यसका निर्माता हुन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  ७ : ३७ बजे

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६