सुदूरपश्चिम प्रदेश प्रमुख मियाँलाई कर्णालीको पनि जिम्मेवारी « Khabarhub

सुदूरपश्चिम प्रदेश प्रमुख मियाँलाई कर्णालीको पनि जिम्मेवारी


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँलाई कर्णाली प्रदेश प्रमुखको पनि जिम्मेवारी दिइएको छ ।  प्रदेश प्रमुख यज्ञराज जोशी अमेरिकाको निजी भ्रमणमा जाने भएपछि कर्णालीको पनि जिम्मेवारी सुदूरपश्चिम प्रदेश प्रमुखले नै पाएका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक विज्ञप्ति जारी गर्दै मन्त्रीपरिषद्को निर्णय अनुसार कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी पनि सुदूरपश्चिम प्रदेश प्रमुखलाई दिइएको जनाएकी छन् । 

उक्त विज्ञप्तिमा सोमबारदेखि १३ गतेसम्म कर्णाली प्रदेश प्रमुख जोशी अमेरिका जाने उल्लेख गरिएको छ । यो बिचमा कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आए प्रदेश प्रमुख मियाँले नै प्रस्तुत गर्ने छन् ।

केही दिनमा प्रदेश प्रमुख मियाँ कर्णाली प्रदेश प्रस्थान गर्ने उनका प्रमुख स्वकीय सचिव साविर अलीले जानकारी दिए ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ५ : ४६ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी