र्‍यापर ‘सिन डिडी कोम्बस्’को यौन मुद्दामा जस्टिनले भने- म पीडित होइन « Khabarhub

र्‍यापर ‘सिन डिडी कोम्बस्’को यौन मुद्दामा जस्टिनले भने- म पीडित होइन


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व चर्चित पप गायक जस्टिन बिबरले सहकार्य गरेका अमेरिकान र्‍यापर ‘सिन डिडी कोम्बस्’माथि गम्भीर प्रकृतीका अपराध गरेको आरोपमा अनुसन्धान भइरहेको छ ।

उनीमाथि अमेरिकी प्रहरीले यौन तस्करी, संगठित अपराध, अपरहरण, आगजनी, घुस प्रकरण र न्याय प्रक्रियामा हस्तक्षेप गरेको आरोपमा अनुसन्धान गरिरहेको छ ।

‘सिन डिडी कोम्बस्’विरुद्ध उनकी पूर्वप्रेमिका क्यास्सी भेन्चुराले उजुरी दर्ता गराएकी हुन् । प्रत्यक्ष साक्षीका रुपमा भेन्चुराका साथी गायिका डन रिचार्ड छिन्।

सन् २०२३ को नोभेम्बरमा ‘सिन डिडी कोम्बस्’विरुद्ध उजुरी परेको हो । तर, उनलाई प्रहरीले नियन्त्रणमा नलिइ अनुसन्धान गरिरहेको छ ।

‘सिन डिडी कोम्बस्’ले आफूमाथि लागाइएका सबै आरोप निराधार भएको दाबी गर्दै आएका छन् ।

डिडीले आफूमाथि शारीरिक र र मानसिक दुर्व्यवहार गरेको, जबरजस्ती लागू पदार्थ खुवाएको र यौन क्रियाकलापमा बाध्य पारेकोसमेत भेन्चुराको दाबी छ ।

डन रिचार्डले पनि डिडीले क्यास्सीलाई कुटपिट गरेको र आफूलाई धम्की दिएको बयान दिएकी छन् । डिडीविरुद्धको मुद्दा अमेरिकाको म्यानह्याटन संघीय अदालतमा चलिरहेको छ ।

यो मुद्दामा पप गायक जस्टिन बिबर पनि मुछिएका छन् । उनले सार्वजनिक वक्त्वय नै जारी गर्नुपरेको छ ।

सामाजिक सञ्जालमा जस्टिन पनि डिडीबाट पीडित भएको हुनसक्ने अड्कलबाजी सुरु भएपछि उनको सचिवालयले विज्ञप्ति नै जारी गरेको छ ।

जस्टिन र डिडीले डेढ दशकअघि सहकार्य गरेका थिए । जसबेला जस्टिन किशोरअवस्थामा थिए ।

सानो उमेरको फाइदा उठाउँदै डिडीले जस्टिनलाई पनि यौन लगायतका विषयमा पीडित बनाएको हुनसक्ने अड्कलबाजी सामाजिक सञ्जालमा सुरु भएको हो ।

यसबारेमा जस्टिनको सचिवालयले भनेको छ, ‘जस्टिन बिबर डिडीका पीडितमध्ये एक होइनन् । वास्तवमै पीडित भएका अन्य व्यक्तिहरू छन् । जसले न्याय पाउनुपर्छ । यस्ता झूटा अड्कलबाजीहरूले वास्तविक पीडितका आवाज दब्न सक्छ । उनीहरूलाई न्यायबाट टाढा पर्न सक्छन् ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ७ : ३७ बजे

देउवालाई हटाएर, पार्टी कब्जा गरेर कांग्रेस चल्दैन, विधानअनुसार नेतृत्व फेरौँ

काठमाडौं– नेता विमलेन्द्र निधिले नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम