‘कोर्ट म्यारिज’ गरेकी नीति शाहको बिहे गर्ने रहर अझै अधुरो ! « Khabarhub

‘कोर्ट म्यारिज’ गरेकी नीति शाहको बिहे गर्ने रहर अझै अधुरो !


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोडलिङ पृष्ठभूमिकी नायिका नीति शाह गत वैशाख ५ गते प्रेमी यचित राणासँग काठमाडौं जिल्ला अदालतमा पुगेर सुटुक्कट विवाह गरिन् ।

नीतिलाई विवाहको कुरा सार्वजनिक गर्न मन थिएन । तर, यतिको चर्चित व्यक्तिले ‘कोर्ट म्यारिज’ गरेको कुरा लुकाएर के लुक्थ्यो ?

सोही दिन नै यो कुरा बाहिरियो । नीति भन्छिन्, ‘मलाई यो कुरा सार्वजनिक गर्न मन थिएन । अदालतबाटै लिक भयो जस्तो छ ।’

पारिवारिक कारणले गर्दा ‘कोर्ट म्यारिज’ गर्ने निर्णयमा पुगेको र पछि विधिपूर्वक विवाह गर्न योजना रहेकाले यो कुरा गोप्य राख्न चाहेको उनले बताइन् ।

नीति आफ्नो फिल्म ‘नरसिंहा : अभतार’को प्रचारका लागि सोमबार प्रज्ञा प्रतिष्ठानमा पुगेकी थिइन् । विवाहपछि उनले पहिलो पटक मिडियाको सामना गरेकी थिइन् ।

त्यहाँ भने नीतिले खुलेरै विवाहबारे कुरा सेयर गरिन् । उनले मिडियासामु ‘कोर्ट म्यारिज’ गरे पनि माइतमै बस्ने गरेको आशयको कुरा गरिन् ।

अबको केही महिनापछि विधिपूवर्क विवाह गरेर उनी श्रीमानको घर जाने आशयको कुरा उनले गरेकी हुन् ।

भनिन्, ‘विधिपूवर्क विवाह गरेपछि मात्रै विवाह गरेको जस्तो हुने रहेछ । त्यसका लागि अझै केही कुनुपर्ने हुन्छ । केही महिना कुर्नुपर्ने हुन्छ ।’

यद्यपि आफ्नो विवाहको कार्यक्रम पूर्वनिर्धारित योजनामै भएको उनले बताइन् । भनिन्, ‘यो वर्ष नै विवाह गर्न कुरा थियो । कोर्ट म्यारिज चाहिँ पारिवारिक कारणले भयो ।’

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ८ : २३ बजे

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी