भ्यानलाई बसले ठक्कर दिँदा एकको मृत्यु, आठ घाइते « Khabarhub

भ्यानलाई बसले ठक्कर दिँदा एकको मृत्यु, आठ घाइते


५ जेठ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

सर्लाही – पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको रानीगञ्जमा आज म्याजिक भ्यानलाई बसले ठक्कर दिँदा भ्यानमा सवार एक युवतीको मृत्यु भएको छभने, आठ जना घाइते भएका छन् ।

लालबन्दी बजार आउँदै गरेको ना ६ ख ७२२७ नम्बरको यात्रुवाहक भ्यानलाई लालबन्दी नगरपालिका–१७ स्थित रानीगञ्जमा विपरित दिशाबाट आएको ना १ ज २६४५ नम्बरको बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट भ्यानमा सवार लालबन्दी नगरपालिका–१७ ठेगाना भएकी २२ वर्षीया सोना पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना लगतै उद्धार गरी उपचारका लागि लालबन्दी मोडेल अस्पताल पु¥याएपनि युवतीलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । भ्यानमा सवार थप आठ जना घाइते भएका छन् ।

उनीहरूको लालबन्दीको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।दुर्घटना लगत्तै बस चालक फरार रहेको र खोजी भइरहेको प्रनाउ राईले बताए । दुर्घटनामा संलग्न दुवै सवारी प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ५ जेठ २०८२, सोमबार  ८ : २२ बजे

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज : ४७ सांसदले रोजे मातृभाषा

काठमाडौँ – नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

आज २०८२ साल चैत १२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई