रैथाने धान लगाउने किसानलाई  प्रतिमुरी  एकहजार अनुदान « Khabarhub

रैथाने धान लगाउने किसानलाई  प्रतिमुरी  एकहजार अनुदान


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

बागलुङ– ‘हाइब्रिड’ बीउबिजनले कृषि क्षेत्रका पुराना जातहरू लोपजस्तै भएका छन् । रैथाने बाली संरक्षणका लागि थोरै मात्र कार्यक्रम आएका छन् । यसै सन्दर्भमा बागलुङ नगरपालिका– १३ बलेवाको पैयुँपाटाले रैथाने धान संरक्षण गर्ने किसानलाई अनुदान दिने भएको छ ।

किसानको उत्पादनको आधारमा वडाले अनुदान कार्यक्रम घोषणा गरेको हो । वडा कार्यसमितिले निर्णय गरेर रैथानेका लागि तोकिएका पाँच थरी धानको उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको हो ।

आगामी आर्थिक वर्षको बजेटबाट प्रतिमुरी एक–एक हजार अनुदान दिइने वडाध्यक्ष नारायण शर्मा पौडेलले बताए ।  वडा समितिले रैथाने जातमध्येबाट अनादी, झिनुवा, रमनी, जर्नेली र आँगा जातको धान लगाउने किसानलाई वडाले अनुदान दिन लागेको हो ।

आगामी मङ्सिरमा किसानको खेतमै पुगेर धान भरेपछि नगद हातमा राख्ने गरी बजेट समेत विनियोजन गरिएको पौडेलले जानकार दिए ।

एकै दिन धेरै किसानको धान थन्क्याउने अवस्था आइपरेमा वडा समितिले टोल विकास समितिलाई पनि काममा खटाउन सक्नेछ । लोपोन्मुख धान भएकोले जोगाउन यो विधि र नीति लागू गर्न लागेको उनको भनाइ छ । पहिलो चरणमा किसानलाई अनुदान दिन वडाले ५० हजार विनियोजन गरेको हो ।

यसअघि केही किसानले मात्रै परम्परागत धान उत्पादन गर्दै आएका छन् । हाइब्रिडले रैथानेको बीउ मासिन सक्ने अवस्था आएपछि संरक्षणका लागि पनि यो निर्णयमा वडा समिति पुगेको हो । यो निर्णयलाई नगरपालिकाले पनि गज्जबको भएको बताएको छ ।

वडा नम्बर १३ ले १४० घरधुरी रहेको मुसुराबारीको दलित बस्तीमा प्रतिघर न्यूनतम पाँच वटा सुन्तला र कागतीको बिरुवा लगाउनेलाई सहयोग पनि गरेको छ । चालु वर्षको ५० हजार रकमले बिरुवा किनेर किसानलाई दिएको हो । वडाले गत वर्षदेखिनै रासायनिक मल ढुवानीमा प्रतिकेजी रु दुई अनुदान दिँदै आएको छ ।

पशुपन्छीको औषधि निःशुल्क वितरण, ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई नगर अस्पतालमा निःशुल्क औषधि उपचारको व्यवस्था पनि गराएको हो । यसबाहेक गर्भवतीले गर्भजाँच गर्न आउँदा हरेक पटक एकएक क्रेट अण्डा समेत दिने व्यवस्था गराएको छ । वडाले पोषणमैत्री कार्यक्रम सञ्चालनमा ल्याएको छ । (रासस) 

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ११ : ४३ बजे

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान

आज दशौँ स्वास्थ्य बीमा दिवस मनाइँदै

काठमाडौँ– दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना गरी

धार्मिक पर्यटनको गन्तव्य महाराजाथान

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको गन्तव्य