जुम्लाको सिंजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै « Khabarhub

जुम्लाको सिंजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै


५ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको सिंजा गाउँपालिकाभित्रका ६ स्वास्थ्य संस्थालाई पोषणमैत्री वडा घोषणा भएका छन् ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाका अनुसार पोषणका आधारभूत सूचक पार भएपछि पालिकाभित्रका स्वास्थ्य संस्था पोषणमैत्री संस्था घोषणा गरिएको छ । उनले सिंजा– ३ मा रहेको नराकोट स्वास्थ्यचौकी, वडा नम्बर १ मा रहेको धापा स्वास्थ्य चौकी, वडा नम्बर ५ स्थिति शनिगाउँस्थित स्वास्थ्यचौकी पोषणमैत्री स्वास्थ्यचौकी घोषणा गरिएको बताए ।

यसैगरी आधारभूत स्वास्थ्य केन्द्र वडा नम्बर २ को विष्टबाडा, आधारभुत स्वास्थ्य केन्द्र वडा नम्बर ४ को देवीडाँडा, आधारभूत स्वास्थ्य केन्द्र वडा नम्बर ६ मा रहेको स्वास्थ्यचौकी समेत पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ ।

यही असार ९ गते गाउँपालिकालाई पोषणमैत्री पालिका घोषणा गरिने कार्यक्रम तय भएको छ । यसका साथै पोषण प्रदर्शनी मेला गरिने छ ।

यस अभियानमा साझेदार संस्था प्लान नेपाल र पेस नेपालले लामो समयदेखि स्वास्थ्य संस्थालाई सहयोग गरेको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । (रासस)

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  ११ : ५३ बजे

नेपाली यु–१९ महिला क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौँ- नेपाली ‘यु–१९’ महिला क्रिकेट टोलीले ‘आइसिसी’ महिला ‘टी–२०’ विश्वकपको

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता