जुम्लाको सिंजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै « Khabarhub

जुम्लाको सिंजालाई पोषणमैत्री पालिका घोषणा गरिँदै


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लाको सिंजा गाउँपालिकाभित्रका ६ स्वास्थ्य संस्थालाई पोषणमैत्री वडा घोषणा भएका छन् ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाका अनुसार पोषणका आधारभूत सूचक पार भएपछि पालिकाभित्रका स्वास्थ्य संस्था पोषणमैत्री संस्था घोषणा गरिएको छ । उनले सिंजा– ३ मा रहेको नराकोट स्वास्थ्यचौकी, वडा नम्बर १ मा रहेको धापा स्वास्थ्य चौकी, वडा नम्बर ५ स्थिति शनिगाउँस्थित स्वास्थ्यचौकी पोषणमैत्री स्वास्थ्यचौकी घोषणा गरिएको बताए ।

यसैगरी आधारभूत स्वास्थ्य केन्द्र वडा नम्बर २ को विष्टबाडा, आधारभुत स्वास्थ्य केन्द्र वडा नम्बर ४ को देवीडाँडा, आधारभूत स्वास्थ्य केन्द्र वडा नम्बर ६ मा रहेको स्वास्थ्यचौकी समेत पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ ।

यही असार ९ गते गाउँपालिकालाई पोषणमैत्री पालिका घोषणा गरिने कार्यक्रम तय भएको छ । यसका साथै पोषण प्रदर्शनी मेला गरिने छ ।

यस अभियानमा साझेदार संस्था प्लान नेपाल र पेस नेपालले लामो समयदेखि स्वास्थ्य संस्थालाई सहयोग गरेको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए । (रासस)

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ११ : ५३ बजे

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको