ऋण भुक्तानीमै सकियो बजेटको १९.४६ प्रतिशत हिस्सा « Khabarhub

सार्वजनिक ऋण

ऋण भुक्तानीमै सकियो बजेटको १९.४६ प्रतिशत हिस्सा


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले चालु आर्थिक वर्षको ११ महिनामा सार्वजनिक ऋणको साँवा-ब्याज भुक्तानीमै वार्षिक बजेटको १९.४६ प्रतिशत हिस्सा खर्चेको छ । आन्तरिक वा वैदेशिक ऋण र त्यस्तो ऋण परिचालन गर्दा थपिएको दायित्व नै सार्वजनिक ऋण हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार; सरकारले जेठ मसान्तसम्म सार्वजनिक ऋणको साँवा र ब्याजबापत तीन खर्ब २९ अर्ब ६० करोड ६९ लाख रुपैयाँ भुक्तानी गरेको हो ।

यो रकम चालु आर्थिक वर्षको संशोधित बजेट आकार १६ खर्ब ९२ अर्ब ९३ करोड ३५ लाख रुपैयाँको १९.४६ प्रतिशत हुन आउँछ ।

ऋणको साँवाब्याज भुक्तानीमा खर्च भएको रकम चालु आर्थिक वर्ष २०८१/८२ को सुरु बजेटको १७.७१ प्रतिशत र संशोधित बजेटको १९.४६ प्रतिशत हो । सरकारले चालु आर्थिक वर्षका १६ खर्ब ९२ अर्ब ९३ करोड ३५ लाख रुपैयाँ बजेट खर्च हुने संशोधित अनुमान गरेको छ ।

सरकारले गएको साउन १ देखि आउँदो असार मसान्तसम्म ऋण सेवा खर्चमा चार खर्ब दुई अर्ब ८५ करोड रुपैयाँ विनियोजन गरेको थियो । ऋण तिर्न छुट्याएकोमध्ये सरकारले जेठ मसान्तसम्म ८१.८२ प्रतिशत रकम भुक्तानी गरिसकेको छ ।

सावजनिक ऋणको साँवा-ब्याज भुक्तानीमा भएको सबै खर्चलाई कुल ऋण सेवा खर्च भनिन्छ । ११ महिनामा भएको यस्तो खर्च मुलुकको अर्थतन्त्रको आकार अर्थात्‌ कुल गार्हस्थ उत्पादन (जीडीपी) को ५.४ प्रतिशत रहेको ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

सरकारले बितेका ११ महिनामा दुई खर्ब ७७ अर्ब ७३ करोड १९ लाख रुपैयाँ आन्तरिक ऋण भुक्तानी गरेको छ । आन्तरिक ऋणको साँवामा दुई खर्ब २३ अर्ब ३५ करोड ९४ लाख र ब्याजबापत ५४ अर्ब ३७ करोड २५ लाख रुपैयाँ भुक्तानी गरेको हो ।

यसैगरी; वाह्य ऋणको साँवाबापत ४३ अर्ब २९ करोड ७७ लाख र ब्याजबापत आठ अर्ब ५७ करोठ ७३ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

११ महिनामा साँवातर्फ दुई खर्ब ६६ अर्ब ६५ करोड ७१ लाख र ब्याजतर्फ ६२ अर्ब ९४ करोड ९८ लाख रुपैयाँ खर्च भएको हो ।

कुल ऋण सेवा खर्चमा विनियोजित रकममध्ये अब ७३ अर्ब २४ करोड ५७ लाख रुपैयाँ बाँकी रहेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

नेपालले चालु आर्थिक वर्षको ११ महिनाभित्र सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानीमा मात्रै तीन खर्ब २९ अर्ब ६० करोड रुपैयाँ भुक्तानी गरेको छ ।

कार्यालयका अनुसार; चालु आर्थिक वर्षको ११ महिनामा देशमा सवा दुई खर्ब बढी सार्वजनिक ऋण थपिएर २६ खर्ब ५४ अर्ब ६६ करोड ८ लाख रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  १२ : १४ बजे

यस्तो अवस्थामा छ जनकपुर चुरोट कारखाना (तस्बिरहरू) 

 जनकपुरधाम– लामो समयदेखि बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखाना पुनः

कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

बोगोटा– दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’

‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौं– काठमाडौंमा ‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

इस्टरको अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

एजेन्सी– चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर