उद्योग समितिमा मन्त्री उपस्थित नभएपछि सांसदको आपत्ति « Khabarhub

उद्योग समितिमा मन्त्री उपस्थित नभएपछि सांसदको आपत्ति


५ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योगमन्त्री उपस्थित नभएपछि सांसदहरूले आपत्ति जनाएका छन् । 

नेपालमा आयोडिन भएको गुणस्तरयुक्त नुनको सहज, सुलभ आपूर्ति तथा वितरणका सम्बन्धमा छलफल गर्न बिहीबार सिंहदरबारमा बसेको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी उपस्थित नभएपछि सांसदहरूले आपत्ति जनाएका हुन् । 

मन्त्री उपस्थित नभएका कारण सांसदहरूले धारणा राख्न नमानेपछि बैठक स्थगित गरिएको छ । बैठकमा माओवादी सांसद सूर्य मान तामाङ (दोङ)ले उद्योगमन्त्रीको कार्यशैलीमाथि आफूहरूलाई शंका लागेको बताए । समितिले बोलाउँदा पनि मन्त्री नआएकाले बैठक अघि बढ्न नसक्ने उनले बताए ।

समिति सभापति अब्दुल खानले नुनको विषयमा छलफल गर्न बोलाउँदा पनि मन्त्री नआएकाले गम्भीर ध्यानाकर्षण भएको बताए ।

मन्त्री उपस्थित नभएपछि सभापति खानले बैठक स्थगित गरेका थिए । 

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  १ : २५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली