उद्योग समितिमा मन्त्री उपस्थित नभएपछि सांसदको आपत्ति « Khabarhub

उद्योग समितिमा मन्त्री उपस्थित नभएपछि सांसदको आपत्ति


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उद्योगमन्त्री उपस्थित नभएपछि सांसदहरूले आपत्ति जनाएका छन् । 

नेपालमा आयोडिन भएको गुणस्तरयुक्त नुनको सहज, सुलभ आपूर्ति तथा वितरणका सम्बन्धमा छलफल गर्न बिहीबार सिंहदरबारमा बसेको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी उपस्थित नभएपछि सांसदहरूले आपत्ति जनाएका हुन् । 

मन्त्री उपस्थित नभएका कारण सांसदहरूले धारणा राख्न नमानेपछि बैठक स्थगित गरिएको छ । बैठकमा माओवादी सांसद सूर्य मान तामाङ (दोङ)ले उद्योगमन्त्रीको कार्यशैलीमाथि आफूहरूलाई शंका लागेको बताए । समितिले बोलाउँदा पनि मन्त्री नआएकाले बैठक अघि बढ्न नसक्ने उनले बताए ।

समिति सभापति अब्दुल खानले नुनको विषयमा छलफल गर्न बोलाउँदा पनि मन्त्री नआएकाले गम्भीर ध्यानाकर्षण भएको बताए ।

मन्त्री उपस्थित नभएपछि सभापति खानले बैठक स्थगित गरेका थिए । 

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  १ : २५ बजे

सुकुम्वासी प्रकरणमा खुश्वुको आक्रोश : गरिब मर्दा सरकारलाई मतलब हुँदो रहेनछ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्वु ओलीले प्रतिनिधिसभाको बैठकमा सुकुम्बासीमाथि

विद्यार्थी संगठन खारेजी रोक्न सर्वोच्चले दियो अल्पकालीन अन्तरिम आदेश

काठमाडौं- विद्यार्थी संगठन खारेज गर्ने वालेन्द्र शाह नेतृत्वको सरकारको निर्णयविरुद्ध

समृद्धि र सुशासनका लागि मतभेदभन्दा माथि उठ्न अध्यक्ष दाहालको आग्रह

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनताको हित, समृद्धि र सुशासनको

सरकारलाई हर्कको प्रश्न : सीमा सुरक्षामा पठाउनुपर्ने सेना खटाएर नागरिक बस्तीमा डोजर चलाउनु कति जायज हो ?

काठमाडौं- श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले प्रतिनिधिसभाको बैठकमा सरकारको नीति

क्रियाशील सदस्यता अद्यावधिक गर्न कांग्रेसको एआई कल सेन्टर सञ्चालनमा

काठमाडौं- नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया सहजीकरणका लागि एआई