गृहमन्त्रीले भिजिट भिसा प्रकरणमा आफूमाथि उठेका प्रश्नको जवाफ दिएनन् : रास्वपा « Khabarhub

गृहमन्त्रीले भिजिट भिसा प्रकरणमा आफूमाथि उठेका प्रश्नको जवाफ दिएनन् : रास्वपा


५ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले भुइँमान्छेका आवाजमाथि कटाक्ष गरे पनि आफूमाथि उठेका प्रश्नको जवाफ दिन नसकेको बताएको छ । 

प्रतिनिधिसभाको बिहीबारको बैठकको सुरुवातमै सभामुख देवराज घिमिरेले उपलब्ध गराएको समयमा बोल्दै रास्वपाका सांसद हरि ढकालले गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफूमाथि उठेका प्रश्नको जवाफ दिन नसकेको बताएका हुन् ।   

‘गृहमन्त्रीज्यूले सदनमा आएर भुइँमान्छेका आवाजमाथि कटाक्ष गर्नुभयो । तर, विमानस्थलबाट मानव बेचबिखन व्युरो किन हटाइयो ? यो प्रश्नको उत्तर दिन सक्नुभएको छैन । अख्तियारले ताकेता गर्दागर्दै पनि किन विमानस्थल भित्रै भएको यो ¥याकेटको अनुसन्धान सुरु गर्नुभएन ?,’ उनले भने, ‘यसको उत्तर दिनुभएन । अनावश्यक कर्मचारीहरू किन थपियो एयरपोर्टमा ? यसका उत्तर आएनन् । अनि आफ्ना सचिवालयका कर्मचारीको सुरुवा किन गरियो ? यसको उत्तरहरू दिन सक्नुभएन । अनि डीआईजी सरुवाको विषयको उत्तर दिन सक्नुभएन ।’

सांसद ढकालले स्याङ्जामा रास्वपाका नेतामाथि स्याङ्जामा नेपाली कांग्रेसबाट विजयी वडाध्यक्षले कुटपिट गरेको भन्दै आपत्ति जनाए । 

‘नदी बचाउ अभियानका अभियन्ता हाम्रा केन्द्रीय नेता मेघ आले र दिनाकर नेपालमाथि वालिङ नगरपालिका–१० (स्याङ्जा)का वडाध्यक्षले साङ्घातिक आक्रमण गरेका छन् । 

आँधिखोलामा भएको दोहनविरुद्ध बोल्दा तल भुईँमा हाम्रा नेतामाथि आक्रमण हुन्छ,’ उनले भने, ‘२३ दिनदेखि भुइँमान्छेको आवाज बोलेर, भुईँमान्छेमाथि भएको अत्याचार र मानव तस्करविरुद्ध हामीले आन्दोलन गर्दैगर्दा सरकार सुन्दैन । यो कुन किसिमको सुशासन चल्दैछ यहाँ ? यो कुन किसिमको सुशासनको भाषण चल्दैछ ?’ ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  १ : ४६ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली