नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस « Khabarhub

नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस


५ असार २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस भएको छ ।

बिहीबार बसेको संसद् बैठकमा समितिका सभापति रामहरि खतिवडाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०८२ पेस गरेका हुन् ।

प्रतिवेदन प्रस्तुत गर्दै सभापति खतिवडाले सबै नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने अवसर दिने गरी समितिमा सहमति जुटाएको बताए । आमाका नामबाट मात्र पनि नागरिकता प्रदान गर्न सकिने गरी आवश्यक व्यवस्था गरिएको उनले जानकारी दिए ।

प्रतिनिधिसभाको २०८१ चैत्र १८ गते बसेको बैठकले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि प्राप्त संशोधनसहित छलफलका लागि राज्य व्यवस्था समितिमा पठाउने निर्णय गरेको थियो भने समितिले यही जेठ २७ गते पारित गरेको थियो ।

प्रकाशित मिति : ५ असार २०८२, बिहिबार  २ : ३५ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली