एनओसीमा अनियमितताविरुद्ध नेविसंघको चेतावनी « Khabarhub

एनओसीमा अनियमितताविरुद्ध नेविसंघको चेतावनी


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्यार्थी संघ (नेविसंघ) ले वैदेशिक अध्ययनका लागि आवश्यक पर्ने अध्ययन अनुमति पत्र (एनओसी) प्रक्रियामा अनियमितता भएको भन्दै आपत्ति जनाएको छ । 

नेविसंघले बिहीबार विज्ञप्ति जारी गरेर एनओसी प्रक्रियामा अनियमितता भएको भन्दै आपत्ति जनाएको हो । 

नेविसंघका प्रवक्ता सुरज सेजुवालद्वारा जारी विज्ञप्तिमा गलत कार्यमा संलग्न कन्सलटेन्सीहरू तत्काल बन्द गर्न र दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ ।

नेविसंघले विद्यार्थी र अभिभावक ठगिन थालेको, सरकार र मन्त्रालय मौन बसेको, तथा शिक्षा मन्त्रालयको नियमन कमजोर भएको भन्दै निन्दा गरेको छ । 

नेविसंघले हालै गठन भएका समिति तथा नीति कार्यान्वयनमा पारदर्शिता हुनुपर्ने माग गर्दै सुधार नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  २ : १३ बजे

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा