एनओसीमा अनियमितताविरुद्ध नेविसंघको चेतावनी « Khabarhub

एनओसीमा अनियमितताविरुद्ध नेविसंघको चेतावनी


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्यार्थी संघ (नेविसंघ) ले वैदेशिक अध्ययनका लागि आवश्यक पर्ने अध्ययन अनुमति पत्र (एनओसी) प्रक्रियामा अनियमितता भएको भन्दै आपत्ति जनाएको छ । 

नेविसंघले बिहीबार विज्ञप्ति जारी गरेर एनओसी प्रक्रियामा अनियमितता भएको भन्दै आपत्ति जनाएको हो । 

नेविसंघका प्रवक्ता सुरज सेजुवालद्वारा जारी विज्ञप्तिमा गलत कार्यमा संलग्न कन्सलटेन्सीहरू तत्काल बन्द गर्न र दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ ।

नेविसंघले विद्यार्थी र अभिभावक ठगिन थालेको, सरकार र मन्त्रालय मौन बसेको, तथा शिक्षा मन्त्रालयको नियमन कमजोर भएको भन्दै निन्दा गरेको छ । 

नेविसंघले हालै गठन भएका समिति तथा नीति कार्यान्वयनमा पारदर्शिता हुनुपर्ने माग गर्दै सुधार नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  २ : १३ बजे

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना