ट्रम्पलाई जवाफ दिँदै आईएईए प्रमुखले भने- इरानले आणविक बम बनाइरहेको कुनै प्रमाण छैन  « Khabarhub

ट्रम्पलाई जवाफ दिँदै आईएईए प्रमुखले भने- इरानले आणविक बम बनाइरहेको कुनै प्रमाण छैन 


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


870
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) ले इरान अहिले नै आणविक हतियार बनाउने अवस्थामा नपुगेको दोहोर्‍याएको छ ।

आईएईए प्रमुख राफाएल ग्रोसीले अहिले नै आणविक हतियार उत्पादनका लागि इरानले व्यवस्थित प्रयास गरिरहेको कुनै प्रमाण फेला नपरेको बताएका हुन् ।

शुक्रबार इजरायलले इरानमा बमबारी सुरु गर्दै  इरान चाँडै आणविक बम बनाउने  चरणमा पुगेको दाबी गरेको थियो । त्यसयता बुधबार छैटौँ दिन दुवै पक्षबीच आपसी आक्रमण जारी छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार  तेहरान आणविक हतियार प्राप्त गर्न ‘ुधेरै नजिक’ रहेको जिकिर गरेका थिए । जुन अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक टुल्सी गेबर्डको भनाइसँग बाझिने गरि आएको थियो। गेबर्डले भनेकी थिइन्, ‘इरान अहिले हतियार निर्माण गरिरहेको छैन ।’

इरानी अधिकारीहरूले आफ्नो आणविक कार्यक्रम पूर्ण रूपमा शान्तिपूर्ण रहेको र त्यसलाई अघि बढाउने अधिकार आफूहरूसँग रहेको बताउँदै आएका छन्।

मंगलबार सीएनएनकी क्रिस्टियान अमानपोरसँगको अन्तर्वार्तामा ग्रोसीले भने, ‘हाल इरानले आणविक बम बनाउन कति समय लाग्छ भन्ने विषयमा को सही र को गलत भन्ने प्रतिस्पर्धा देखिएको छ।’

उनले इरान आज भोलि नै आणविक बम बनाउने कुरा नभएको बताए । उनले इरानले आणविक बम बनाउन वर्षौँ लगाउन सक्ने पनि उल्लेख गरेका छन् । 

आईएईए प्रमुख ग्रोसीले इरानीहरूसँग पर्याप्त संवर्द्धित युरेनियम हुन सक्ने बताउँदै तर त्यसलाई आणविक हतियारमा बदल्न प्रविधि र व्यापक परीक्षण आवश्यक पर्ने उल्लेख गरे।

आईएईएले दुई दशकभन्दा बढी समयदेखि इरानका आणविक स्थलहरूको निरीक्षण गर्दै आएको पनि उनले बताए । ‘हामीसँग इरानले आणविक हतियारतर्फ व्यवस्थित ढंगमा अघि बढिरहेको कुनै प्रमाण छैन,’ ग्रोसीले बताए।

‘हामी तपाईंलाई जे बताइरहेका छौँ, त्यो हामीले प्रमाणित गर्न सक्ने कुरा हो। त्यहाँ सामग्री छ। विगतमा केही गतिविधिहरू भएका छन् जुन आणविक हतियार विकाससँग सम्बन्धित हुन सक्छन्, तर अहिलेको अवस्थामा ती प्रमाण हामीसँग छैनन्,’ ग्रोसीले भने ।

इजरायलले इरानमा पहिलो आक्रमण गर्नु एक दिनअगाडि आईएईएले एउटा प्रस्ताव पारित गर्दै तेहरानले आणविक अप्रसारसम्बन्धी आफ्नो दायित्व पूरा नगरेको घोषणा गरेको थियो ।  

इजरायलले इरानका आणविक स्थलहरूमा गरेको आक्रमणको निन्दा गर्न आईएईएले अस्वीकार गरेपछि तेहरानले एजेन्सीसँगको सहकार्य सीमित गरेको छ। संयुक्त राष्ट्रसंघीय निरीक्षण निकायको यस्तो व्यवहार ुनिरर्थकु रहेको टिप्पणी इरानी उपपरराष्ट्र मन्त्री काजेम घरीबाबादीले गरेका थिए ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  २ : ४९ बजे

राष्ट्रपति पौडेलले संसदको संयुक्त बैठकमा गर्ने सम्बोधनलाई मन्त्रिपरिषदबाट स्वीकृति

काठमाडौँ– मन्त्रिपरिषद बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले आज संसदको दुवै सदनमा

स्थानीय पाठ्यक्रममा देवघाटधामको पहिचान र संस्कृति समेटियो 

तनहुँ– देवघाट गाउँपालिकाले देवघाटधामको पहिचान, संस्कृति र भूगोललाई समेटेर स्थानीय

सडक सुविधाले किचकबध र कचनकबलमा पर्यटकीय चहलपहल

झापा– प्रसिद्ध पर्यटकीयस्थल किचकबध र नेपालकै होचो स्थान कचनकबल जाने

सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी, सरकारको नीति तथा कार्यक्रम पारित गरिने

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा मन्त्रिपरिषद बैठक बसिरहेको छ ।

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान सुरु (तस्बिरहरू)

काठमाडौँ– सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउनका लागि