आफ्नै निर्णयबाट पछि हटे मेयर बालेन, चार वडाध्यक्षलाई पुरानै जिम्मेवारी  « Khabarhub

आफ्नै निर्णयबाट पछि हटे मेयर बालेन, चार वडाध्यक्षलाई पुरानै जिम्मेवारी 


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


762
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह आफैँले गरेको निर्णयबाट पछि हटेका छन् । केही समयअघि साहले चारजनाको वडाध्यक्षको जिम्मेवारी खोसेर नयाँलाई जिम्मेवारी दिएका थिए। 

मेयर साहले हचुवाका भरमा निर्णय गर्दै मेयर साहले आफूहरूलाई हटाएको भन्दै वडाध्यक्षहरू आशाराम संगत, मचाराजा महर्जन, ख्यामराज तिवारी र नवीन मानन्धरले विरोध गरेका थिए । उनीहरूलाई क्रमशः सम्पदा तथा पर्यटन, विधायन, सुशासन र सूचना तथा प्रविधि समितिबाट हटाएर अरुलाई जिम्मेवारी दिएका थिए ।

उनीहरूले कार्यपालिकाको बैठकबिना आफूखशी निर्णय नगर्न मेयर साहलाई चेतावनीसमेत दिएका थिए । नयाँ जिम्मेवारी पाएका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापति, वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की र वडा नम्बर ८ का अध्यक्ष विनोदकुमार राजभण्डारीले कार्यपालिकाले जिम्मेवारी अनुमोदन नगरेको भन्दै मेयर बालेनलाई पत्र पठाएर पद अस्वीकार गरेका थिए । 

विधायन समितिको जिम्मेवारी वडा नम्बर १६ की अध्यक्ष रोजिना श्रेष्ठलाई दिइएको थियो । पछिल्लो समय कार्यपालिका बैठक राख्न  नसकिरहेका बेला मेयर साहलाई जनप्रतिनिधि र नगरसभा सदस्यहरूले निरन्तर दबाब दिँदै आएका छन् ।

उपप्रमुख सुनिता डंगोलको अगुवाइमा कार्यपालिका र नगरसभाको अनौपचारिक बैठक बसेर निरन्तर दबाब दिएपछि मेयर साह आफ्नो गरेका निर्णयबाट पछि हटेका हुन् ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ३ : २५ बजे

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा