सभामुखलाई एकीकृत समाजवादीको प्रश्न- यसरी नै कहिलेसम्म संसद् चलाउने ? « Khabarhub

सभामुखलाई एकीकृत समाजवादीको प्रश्न- यसरी नै कहिलेसम्म संसद् चलाउने ?


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले सभामुख देवराज घिमिरेले अहिलेकै अवस्थामा जसरी संसद् बैठक कहिलेसम्म चलाउने भनेर प्रश्न गरेका छन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा चौथो ठूलो दलका सांसद वेलमा पलेँटी कसेर पुस्तक पढिरहेका र पाँचौँ ठूलो दलको बहिष्कारका बीच संसद् सञ्चालन भइरहेको भन्दै उनले यस्तो प्रश्न गरेका हुन् । 

‘हामीले यसरी सदन चलाउँदा कस्तो होला सभामुख महोदय, हामीले सोच्नुपर्ने होइन र ? यसरी नै सदन चल्दा कस्तो संस्कार बसाल्ने हो हामीले आज ?,’ प्रश्न गर्दै सांसद जोशीले भने, ‘त्यसैले म भन्न चाहन्छु– कमसेकम यो संसद्को चौथो ठूलो राजनीतिक दल रास्वपा, पाँचौँ ठूलो दल राप्रपासँग समन्वय नगरी, छलफल नगरी के अनन्त यसरी नै जान्छ सभामुख महोदय ?’।

उनले चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र पाँचौ ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विरोधका बीच संसद् बैठक सञ्चालन हुँदा आफूलाई निकै अप्ठ्यारो लागिरहेको पनि बताए । 

‘आज हामी आर्थिक वर्ष ०८३–०८३ को बजेटका सन्दर्भमा छलफल गरिराखेका छौँ । कता–कता मलाई निकै अप्ठ्यारो पनि लागिरहेको छ,’ सांसद जोशीले भने, ‘यो संसद्को चौथो ठूलो राजनीतिक दल आज तल पलेँटी कसेर बसिराखेको छ । पाँचौ ठूलो दल राप्रपा पनि बहिष्कार गरेर हिँडेको छ ।’

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ४ : ४४ बजे

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा