टर्कीले सम्भावित युद्धका लागि थाल्यो सैन्य तयारी, एर्दोआन भन्छन्- नेतन्याहूले हिटलरलाई पनि उछिने | Khabarhub Khabarhub

टर्कीले सम्भावित युद्धका लागि थाल्यो सैन्य तयारी, एर्दोआन भन्छन्- नेतन्याहूले हिटलरलाई पनि उछिने


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.8k
Shares
  • change font
  • change font
  • change font

अंकरा- इजरायल–इरान युद्ध साता पुग्ने लाग्दा टर्कीले इरानसँगको सिमानामा सुरक्षा सतर्कता उच्च बनाएको छ।

रोयटर्स समाचार एजेन्सीसँग कुरा गर्दै टर्कीको रक्षा मन्त्रालयका एक अधिकारीले सम्भावित युद्धका लागि उच्च तयारी थालिएको बताएका छन् ।

अहिलेसम्म इरानबाट पलायन भएका मानिसहरूको ठूलो लहर आप्रवासनको लहर देखिएको छैन।

अलजजिराले उल्लेख गरेअनुसार टर्कीले हाल स्वदेशमै निर्मित रडार र हतियारहरूलाई दुरूस्त राख्न थालेको छ ।

टर्कीले एकीकृत हवाई तथा क्षेप्यास्त्र सुरक्षा प्रणाली पनि विकास गरिरहेको छ। स्रोतका अनुसार टर्कीले सम्भावित युद्ध तयारीलाई उच्चस्तरमा राख्ने कामलाई तीव्र बनाएको हो ।

इजरायलले आफ्नो दक्षिणपूर्वी छिमेकी इरानमाथि हमला गरेपछि टर्कीका ‘क्विक रियाक्सन एलर्ट’ विमानहरू उडाइएको थियो ।

यी विमानहरूले इजरायलले हवाई क्षेत्र उल्लङ्घनको सम्भावनालाई ध्यानमा राख्दै सीमामा गस्ती तीव्र बनाएका छन् ।

नेतन्याहूले हिटलरलाई उछिने

राष्ट्रपति रजब तैय्यब एर्दोआनले बुधबार इजरायल र इरानबीच बढ्दो तनावबीच टर्कीले कूटनीति पहललाई पनि तीव्र बनाएको बताएका छन् । उनले इजरायलको आक्रमण अन्त्य गर्न आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताए ।

‘हामी गाजा, सिरिया, लेबनान, यमन र हाम्रो छिमेकी इरानमाथिको (इजरायलको) अमानवीय आक्रमण रोक्न सक्दो प्रयास गरिरहेका छौँ’,एर्दोआनले राजधानी अंकारामा आयोजित न्याय र विकास पार्टी (एके पार्टी) को संसदीय दल बैठकमा भने।

‘हामी इरानमाथि इजरायलका आतंकवादी आक्रमणहरूलाई नजिकबाट पछ्याइरहेका छौँ’, उनले भने, ‘यस्ता आक्रमणले टर्कीमा पार्न सक्ने सम्भावित असरलाई लिएर हाम्रा सबै निकायहरू सतर्क छन् ।’

इरानले इजरायलको ‘डकैती र राज्य आतंकवाद’ को प्रतिकार गर्नु ‘स्वाभाविक, वैध र कानुनी अधिकार’ भएको एर्दोआनले स्पष्ट गरे, ‘इरानमाथि एउटा बिग्रिएको देशद्वारा खुलेआम हमला गरिँदैछ । जसले न कुनै नियम मान्छ, न कुनै नैतिकता।’

एर्दोआनले भने, उनीहरू आणविक वार्तामा रहेका बेला हमला भएको बताए । ‘इजरायलसँग आफैं आणविक हतियार छन् । उसले अन्तर्राष्ट्रिय नियमहरूको पूरै अवहेलना गर्दै आफ्नो कार्यक्रम चलाएको छ। उसले वार्ता सकिन नपाउँदै आतंकवादी हमला गर्‍यो’, उनले भने।

उनले संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय संस्थाहरू र कतिपय राष्ट्रहरूले यस आक्रमणको प्रतिवाद नगरेको पनि बताए । ‘बरु, केही देशहरू खुलेआम यस्तो डकैतीको समर्थन गरिरहेका छन्’, उनले भने,

‘गाजामा ६२० दिनदेखि जारी हिंसामाथि मौन बस्नेहरू आज यो आगो क्षेत्रभरि फैलिँदासमेत मौन छन्’, उनले भने, ‘यस्तो राज्य आतंकवाद र नियमको अपमानप्रति मौन रहनु भनेको त्यसलाई सहमति जनाउनु सरह हो ।’

जुन १३ देखि नै कूटनीतिक पहल गरिरहेको उल्लेख गर्दै उनले इरान, अमेरिका, क्षेत्रीय राष्ट्रहरू तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग छलफल गरेको पनि बताए।

‘हामी इरानसँग कुरा गर्नसक्ने देश हौं। हामी आणविक मुद्दा समाधान गर्न कूटनीतिक उपायको वकालत गर्दै आएका छौं र यसलाई जारी राख्नेछौं’, उनले भने ।

उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हिटलरलाई पनि उछिनिसकेको बताए । इजरायलले प्यालेस्टाइनीहरूलाई नरसंहार गरिरहेको पनि बताए ।

‘६२० दिनमा ५५,००० भन्दा बढी निर्दोष गाजावासीको मृत्यु भयो। इजरायलको आक्रमण झन् बर्बर बनिरहेको छ’, उनले भने, ‘२ मिलियन नागरिकलाई भोक र प्यासको संकटमा राखिएको छ, राहत लिन गएका निर्दोषहरूमाथि गोली चलाइन्छ ।’

उनले गाजामा देखिएको अत्याचार, यहूदी होलोकास्टको सबैभन्दा कठोर तस्बिरभन्दा पनि भयावह देखिएको पनि बताउ ।

राष्ट्रपति एर्दोआनले नरसंहारमा मारिएका निर्दोष नागरिक, शिशु र बालबालिकाको रगत केवल इजरायलको अहंकारमा साथ दिनेहरूको मात्र नमई मौन बस्नेहरूको पनि हात र अनुहारमा दाग बनेर लागेको बताएका छन् ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ५ : १३ बजे

श्रीलङ्का टापुका कृषकलाई अनुदानमा कृषि उपकरण

सुनसरी – बराहक्षेत्र नगरपालिकाले बराहक्षेत्र नगरपालिका–६ र ९ श्रीलङ्का टापुका

नेपालविरुद्ध नेदरल्याण्ड्सका माइकल लेविटको अर्धशतक

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेपालविरुद्ध ब्याटिङ

नेपालले लियो नेदरल्याण्ड्सको चौथो विकेट

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा

टी–२० आईमा भीम सार्कीको डेब्यू

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छ : राजदूत अन्सारी

काठमाडौं– नेपालका लागि कतारका राजदूत मिशाल एम अल अन्सारीले नेपाल