दलभित्रको असहमतिको तत्काल समाधान खोजियोस् : सांसद भण्डारी | Khabarhub Khabarhub

दलभित्रको असहमतिको तत्काल समाधान खोजियोस् : सांसद भण्डारी


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले तत्काल सदनमा देखिएको समस्याको समाधान गर्न सरकारलाई आग्रह गरेका छन् । 
    
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ को मन्त्रालयगत शीर्षकहरुको खर्च कटौती प्रस्तावमाथि दलीय आधारमा भाग लिँदै सांसद भण्डारीले संसदभित्र भएका असहमतिलाई छलफल गर्दै समाधानतर्फ लाग्नुपर्नेमा जोड दिए। 

उनले भने, ‘यो देशमा विधिको शासन, जनताको हितका लागि संसदीय व्यवस्थामार्फत मुलुकको प्रगति गर्छौँ भनेर आएको पनि ३४ वर्ष  पूरा भयो । यही उद्देश्यका निम्ति धेरैले ज्यान गुमाए, धेरै अपाङ्ग भए । जुन दिन संसद्मा छलफल गर्ने हो त्यसमा हामीहरूको बीचमा असहमति रहनुहुँदैन । कोही कुर्सीमा बसेका छन् कोही भुँइमा बसेका छन् कोही बोलिरहेका छन् यो के हो रु यसको समाधानका लागि सरकारलाई आग्रह गर्दछु ।’

सांसद भण्डारीले समाज युवाविहीन हुँदै गएकाले विदेशिने युवालाई रोक्नुपर्नेमा जोड दिए । 

उनले भने, ‘युवाहरु शिक्षा र रोजगारीका नाममा बाहिर गइरहेका छन्, हामी युवाविहीन हुँदैछौँ । गाउँघरमा बिरामी हुँदा, मृत्यु हुँदा शव बोक्ने मानिससमेत छैन । त्यसैले यस विषयमा हामी गम्भीर हुनुपर्छ ।’

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सूर्यप्रसाद ढकालले सङ्घीय सरकारले प्रदेश र स्थानीय तहलाई अधिकार हस्तान्तरण नगरेसम्म मुलुकको विकासले गति लिन नसक्ने दाबी गरे। उनले सत्तामा हुँदा गुणगान गाउने र सत्ताबाट बाहिरिएपछि सत्तोसराप गर्ने गलत राजनीतिक संस्कारलाई परिवर्तन गर्न जरुरी भएको बताए। 

उनले विकास विरोधी कानुनलाई समयसापेक्ष बनाउन सकेको खण्डमा मुलुकको आर्थिक समृद्धि सम्भव हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ५ : ५४ बजे

भाद्रकृष्ण प्रतिपदा : देशभर मनाइयो पहिलो दिनको गाईजात्रा

काठमाडौं– प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिनदेखि आठ दिन अर्थात्

प्रचण्डले भने- सरकारमा जाने विषय प्राथमिकतामा छैन

चितवन– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

सडकमै केराको बोट रोपेर विरोध

भक्तपुर– अरनिको राजमार्गको वैकल्पिक सडकका रूपमा रहेको भक्तपुरको ‘च्यामासिंह–ताथली–नाला’ सडक

केपी, शेरबहादुर र प्रचण्डले राजनीतिबाट सन्न्यास लिनुपर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आजका दिनमा तीन ठूला

टप एन्ड टी–२० सिरिजको लागि अस्ट्रेलिया जाने क्रिकेट टोलीलाई बिदाइ

काठमाडौं– टप एन्ड टी–२० सिरिजको लागि अस्ट्रेलिया जाने नेपाली राष्ट्रिय