मेटमणिलाई संकट, अघि बढ्यो साढे ५ करोडको चेक अनादार मुद्दा « Khabarhub

मेटमणिलाई संकट, अघि बढ्यो साढे ५ करोडको चेक अनादार मुद्दा


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अध्यक्ष माधवकुमार नेपाल भ्रष्टाचार मुद्दामा सांसद पदबाट निलम्बित भएको अवस्थामा नेकपा एकीकृत समाजवादीका अर्का नेतालाई पनि संकट आइ परेको छ ।

२०७९ को निर्वाचनमा दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीलाई ठगीसम्बन्धी मुद्दाको संकट आइलागेको हो ।

समाजवादीका उपमहासचिवसमेत रहेका चौधरीविरुद्ध बैंकिङ कसुरसम्बन्धी आरोपसहित जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी परेको छ ।

पूर्वमन्त्रीसमेत रहेका उनीविरुद्ध एभरेष्ट बैंकबाट भुक्तानी गर्ने गरि काटिएको ५ करोड ४० लाख रुपैयाँको चेक अनादरमा मुद्दा प्रक्रिया अघि बढेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सांसद चौधरीविरुद्ध हुलाकमार्फत् चेक अनादरसम्बधी जाहेरी आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी अर्जुन तिमल्सिनाले बताएका छन् ।

उनीविरुद्ध रोल्पाका एकजना ठेकेदार धात बुढामगरले हुलाकबाट प्रहरीमा जाहेरी दर्ता गराएका हुन् । स्रोतका अनुसार सहरी विकास मन्त्री भएको समयमा उनले ठेक्कासहितको योजना मिलाइदिने भन्दै रकम लिएका थिए ।

तर, उनले भनेअनुसार काम र योजना नमिलेपछि व्यवासयीले रकम फिर्ता माग गरेका थिए । त्यहीक्रममा चौधरीले रकम फिर्ताका लागि काटेको चेक नै साटिएन । उक्त चेकबाट रकम ननिस्केपछि चौधरीविरुद्ध उजुरी परेको हो ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ७ : ११ बजे

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा