इरानको जवाफी कारबाहीमा बेघर भए ५ हजार भन्दा धेरै इजरायली « Khabarhub

इरानको जवाफी कारबाहीमा बेघर भए ५ हजार भन्दा धेरै इजरायली


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ- इरानले गरेको जवाफी आक्रमणमा परेर इजरायलमा हजारौँ मानिस बेघर भएका छन् ।

इजरायली समाचारपत्र यदिओथ आहर्नोथले प्रकाशित गरेको समाचारमा उक्त कुरा उल्लेख गरिएको छ।

इजरायलको गृह मन्त्रालयका अनुसार हालसम्म ५ हजार ११० जना नागरिकलाई ‘बेघर’का रूपमा वर्गीकृत गरिएको छ । जसमध्ये तेल अभिभका ९०७ नागरिक पनि छन्।

यसैबीच प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बिहीबार राति स्थानीय समयअनुसार १० बजे सुरक्षा बैठक आह्वान गरेका छन्।

यो बैठक इरानले इजरायलका विभिन्न स्थानमा गरेको क्षेप्यास्त्र आक्रमणपछि बोलाइएको हो । इरानी आक्रमणमा १०० भन्दा बढी मानिस घाइते भएका छन्।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ७ : २५ बजे

पाकिस्तान-अफगानिस्तान सीमा बन्द हुँदा अरबौँको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का

एजेन्सी– करिब तीन महिनाभन्दा अघिदेखि पाकिस्तान र अफगानिस्तान बिचको व्यापार

प्रधानमन्त्री कार्कीसँग इजरायली राजदूत स्मुलिक एरी बासको भेट 

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसमक्ष नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी

कांग्रेसमा विभाजनको डर : देउवालाई भेटेपछि गगन र विश्वसँग छलफलमा जुटे शेखर

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनको निवास महाराजगञ्जमा भेटेपछि नेता

अनेरास्ववियूले गठन गर्‍यो ‘अखिल जेन-जी फोर्स’

काठमाडौं – अनेरास्ववियूले काठमाडौंस्थित शंकरदेव क्याम्पसमा विशेष भेला आयोजना गरी

कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ

काठमाडौं– कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय भुक्तान गरिरहेका