इरानको जवाफी कारबाहीमा बेघर भए ५ हजार भन्दा धेरै इजरायली « Khabarhub

इरानको जवाफी कारबाहीमा बेघर भए ५ हजार भन्दा धेरै इजरायली


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ- इरानले गरेको जवाफी आक्रमणमा परेर इजरायलमा हजारौँ मानिस बेघर भएका छन् ।

इजरायली समाचारपत्र यदिओथ आहर्नोथले प्रकाशित गरेको समाचारमा उक्त कुरा उल्लेख गरिएको छ।

इजरायलको गृह मन्त्रालयका अनुसार हालसम्म ५ हजार ११० जना नागरिकलाई ‘बेघर’का रूपमा वर्गीकृत गरिएको छ । जसमध्ये तेल अभिभका ९०७ नागरिक पनि छन्।

यसैबीच प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बिहीबार राति स्थानीय समयअनुसार १० बजे सुरक्षा बैठक आह्वान गरेका छन्।

यो बैठक इरानले इजरायलका विभिन्न स्थानमा गरेको क्षेप्यास्त्र आक्रमणपछि बोलाइएको हो । इरानी आक्रमणमा १०० भन्दा बढी मानिस घाइते भएका छन्।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ७ : २५ बजे

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर