मोदी क्रोएशिया भ्रमणमा « Khabarhub

मोदी क्रोएशिया भ्रमणमा


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी युरोपेली मुलुक क्रोएशियाको भ्रमणमा पुगेका छन् । क्यानाडामा आयोजित जी ७ को शिखर सम्मेलनमा सहभागी भएर उनी क्रोएशिया पुगेका हुन् ।

क्रोएशियामा रहँदा उनले त्यहाँ उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । क्रोएशियामा रहँदा प्रधानमन्त्री मोदीले त्यहाँका राष्ट्रपति जोरान मिलान्कोभिच र प्रधानमन्त्री आन्द्रेइ प्लेन्कोभिचसँग भेटवार्ता गरेको एएनआईले उल्लेख गरेको छ ।

प्लेन्कोभिचसँगको भेटवार्ताका क्रममा मोदीले आपसी हितका विषयमा छलफल गरेको जनाइएको छ । छलफलका क्रममा रक्षा, औषधि, कृषि, सूचना प्रविध, नवीकरणीय ऊर्जा र प्रविधिजस्ता क्षेत्रमा सहकार्य बढाउनेबारे कुराकानी भएको छ ।

भारतीय प्रधानमन्त्रीको यो पहिलो ऐतिहासिक क्रोएशिया भ्रमण हो । दुई मुलुकबीच सन् १९९२ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता कुनै पनि भारतीय प्रधानमन्त्रीले क्रोएशियाको भ्रमण गरेका थिएनन् ।

त्रिदेशीय विदेश भ्रमणको अन्तिम चरणमा प्रधानमन्त्री मोदी क्रोएशिया पुगेको जनाइएको छ । यस क्रममा प्रधानमन्त्री मोदी क्रोएशिया र क्यानाडासँगै साइप्रस पनि पुगेका थिए ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ८ : १० बजे

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब