यूकेपीएनपीद्वारा पाकिस्तान अधिनस्थ जम्मु कश्मीरमा कश्मीरी पत्रकार पक्राउको निन्दा « Khabarhub

यूकेपीएनपीद्वारा पाकिस्तान अधिनस्थ जम्मु कश्मीरमा कश्मीरी पत्रकार पक्राउको निन्दा


५ असार २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तान अधिनस्थ जम्मु कश्मीरमा सक्रिय युनाइटेड कश्मीर पिपुल्स नेशनल पार्टी यूकेपीएनपीले कश्मीरी पत्रकारलाई पक्राउ गरिएकोमा निन्दा गरेको छ । यूकेपीएनपीले कश्मीरी पत्रकार उसमान तारिकलाई पक्राउ गरिएकोमा विरोध जनाएको हो ।

यूकेपीएनपीले विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको हो । यूकेपीएनपीका निर्वासित अध्यक्ष शौकात अली कश्मीरी र पार्टीका प्रवक्ता सरदार नासिर अजाज खानले यस घटनाले प्रेस स्वतन्त्रताको उल्लङ्घन भएको बताएका छन् ।

उनीहरुले पत्रकारको पक्राउले विश्वव्यापी मानव अधिकार घोषणापत्रको धारा १९ र १९ ए उल्लङ्घन भएको जनाएका छन् । त्यसबाहेक यूकेपीएनपीले पाकिस्तान सरकारले पाकिस्तानको नियन्त्रणमा रहेका कश्मीरको भूमिलाई उपनिवेशजस्तो व्यवहार गरिरहेको पनि आरोप लगाएका छन् ।

पछिल्लो समय पाकिस्तान अधिनस्थ कश्मीरमा पत्रकारलाई धरपकड गर्ने क्रम बढ्दै गएको बताइन्छ । यसबाट सो क्षेत्रमा कार्यरत पत्रकारहरु भयको वातावरणमा बाँच्न बाध्य रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार  ९ : ०९ बजे

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब