एलिनाको इच्छा पूरा, बोले विष्णु तर उजुरीको चेतावनीसहित | Khabarhub Khabarhub

एलिनाको इच्छा पूरा, बोले विष्णु तर उजुरीको चेतावनीसहित


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायिका एलिना चौहानका पूर्वपति विष्णु सापकोटाले सम्बन्धविच्छेदपछिको मौनता तोडेका छन् । उनले एक प्रेस नोटबाट मौनता तोडेका हुन् ।

गायिका एलिनाले विभिन्न मिडियामा सम्बन्धविच्छेद पछिका घटनाक्रमबारे उनको मुखबाट केही कुरा सुन्न चाहेको अभिव्यक्ति दिएकी थिइन् ।

सम्बन्धमा रहँदा विष्णुबाट घरेलु हिंसा सहनु परेको एलिनाले दाबी गरेकी थिइन् । अर्थात्, सम्बन्धबिच्छेद पछि चुप बसेका विष्णु लक्षिण टिप्पणी उनले सार्वजनिक कार्यक्रममा राख्दै आएकी थिइन् ।

एलिनाको इच्छा विष्णुले पूरा गरिदिएका छन्् । सम्बन्धबिच्देछपछि आफू मानसिका पीडामा परेको उनले खुलाएका छन् ।

तर, छुटेको सम्बन्धबारे टिप्पणी गर्दै हिड्ने आफ्नो स्वभाव नरहेको विष्णुको दाबी छ । उनले भनेका छन्, ‘आदरपूवर्क घर भित्र्याइएको व्यक्तिको सम्मानका कारण पनि म समाप्त भइसकेको सम्बन्धबारे सार्वजनिक स्थानमा बोल्न उचित ठान्दिनँ ।’

सामाजिक सञ्जालमा गाली, चरित्र हत्या र धम्कीपूर्ण सन्देश आउन थालेपछि आफू मानसिक पीडाबाट गुज्रिएको विण्णुले जानकारी दिएका छन् ।

यसले आफ्नो निजी र व्यवसायिक जीवनमा असर पारेको उनको दाबी छ ।

विष्णु अहिले अस्ट्रेलियामा छन् । सामाजिक सञ्जालमा आफूमाथि भ्रामक गतिविधि गर्ने व्यक्ति विरुद्ध उतै कानुनी उपचार लागेको उनले जानकारी दिएका छन् । तर कसका विरुद्धमा कानुनी उपचार थालिएको हो किटान गरेका छैनन् ।

नकारात्मक टिप्पणी गर्ने र भ्रम फैलाउनेविरुद्ध अस्ट्रेलिया–नेपाल दुवै देशमा कानुनी उपचारमा लाग्ने समेत विष्णुले बताएका छन् ।

विष्णुले जारी गरेको प्रेस नोट :

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ६ : ४९ बजे

रक्सी सस्तो, अरू सबै महँगो !

उकुसमुकुसपूर्ण दिनहरूमा अदालतका मुद्दाहरूले मेरो दैनिकी थकित बनाएको थियो ।

मुग्लिन-पोखरा सडक : चिटिक्क ! (तस्बिरहरू) 

काठमाडौं- मुग्लिन-पोखरा सडक अन्तर्गत तनहुँ खण्डको काम लगभग सकिएको छ

सञ्चार उद्यमी धितालका हत्यारालाई कारवाहीको माग गर्दै गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौं– दाङका सञ्चार उद्यमी देवीप्रसाद धिताल ‘हेमराज’का हत्यारालाई कारबाही गर्न

विश्व भेटेरिनरी एसोसिएसनको महासभामा नेपाल सहभागी

काठमाडौं– विश्व भेटेरिनरी एसोसिएसनको सन् २०२५ को महासभामा नेपाल भेटेरिनरी

भारत–पाक संघर्षमा पाँच लडाकु विमान खसालिएको थियो : ट्रम्प 

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत–पाकिस्तानबीचको पछिल्लो संघर्षका दौरान पाँचवटा