शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ५४ पैसा र बिक्री दर १३८ रुपियाँ १४ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर १६० रुपियाँ १३ पैसा र बिक्रीदर १६० रुपियाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ०५ पैसा र बिक्रीदर १८५ रुपियाँ ८५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपियाँ ६१ पैसा र बिक्रीदर १७२ रुपियाँ ३६ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ७१ पैसा र बिक्रीदर ९० रुपियाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ २३ पैसा र बिक्रीदर १०० रुपियाँ ६७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ १८ पैसा र बिक्रीदर १०७ रुपियाँ ६४ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ २६ पैसा र बिक्रीदर नौ रुपियाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १६ पैसा र बिक्रीदर १९ रुपियाँ २५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ६७ पैसा र बिक्रीदर ३६ रुपियाँ ८३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ७३ पैसा र बिक्रीदर ३७ रुपियाँ ९० पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २५ पैसा र बिक्रीदर चार रुपियाँ २७ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ४५ पैसा र बिक्रीदर ३७ रुपियाँ ६१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ४२ पैसा र बिक्रीदर ३२ रुपियाँ ५६ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपियाँ ८९ पैसा र बिक्रीदर ९ रुपियाँ ९४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २३ पैसा र बिक्रीदर १४ रुपियाँ २९ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ४६ पैसा र बिक्रीदर २१ रुपियाँ ५५ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ५२ पैसा र बिक्रीदर १७ रुपियाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपियाँ १५ पैसा र बिक्रीदर ४५२ रुपियाँ १२ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपियाँ ८० पैसा र बिक्रीदर ३६६ रुपियाँ ३९ पैसा, ओमनी रियाल एकको खरिददर ३५७ रुपियाँ २४ पैसा र विक्रीदर ३५८ रुपियाँ ८० पैसा रहेको छ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  ६ : २० बजे

स्टार खेलाडीको गोल सेलिब्रेसन पछाडिको रहस्य ?

काठमाडौँ – गोल भएपछि क्रिस्टियानो रोनाल्डो किन ‘सिउउउ’ भन्दै हावामा

तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै

तनहुँ– कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना र किसानको आयआर्जनमा टेवा

नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निर्माण

बाँके– नेपालगञ्जमा विभिन्न आन्दोलनका क्रममा तोडफोड गरी हटाइएका ऐतिहासिक सालिकहरु

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङ बजारको सडक कालोपत्र गर्न थालिएको

गण्डकीका उत्कृष्ट कृषक सम्मानित

कास्की– गण्डकी प्रदेश सरकारले प्रदेशका सर्वोत्कृष्ट र उत्कृष्ट पाँच जना