किमाथाङ्का नाकामा चीनको पनि विशेष चासो छ- मन्त्री खड्का « Khabarhub

किमाथाङ्का नाकामा चीनको पनि विशेष चासो छ- मन्त्री खड्का


३ श्रावण २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले किमाथाङ्का राष्ट्रिय महत्वको नाका भएको बताएका छन् । यो नाका वर्षभरी सञ्चालन गर्न सकिने भएकाले सरकारले पनि विशेष प्राथमिकता दिएको उनको भनाइ थियो ।

सङ्खुवासभाको चैनपुरमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयको उद्घाटन गर्दै मन्त्री खड्काले चीन सरकारले पनि किमाथाङ्का नाकामा विशेष चासो देखाएको उल्लेख गरे । ‘सडक सञ्जाल जोडिएसँगै यो नाका पूर्ण रूपमा सञ्चालनमा आउनेछ’, उनले भने, ‘त्रिदेशीय सम्बन्धलाई अझ प्रगाढ बनाउन यो नाकाले महत्वपूर्ण भूमिका खेल्नेछ ।’

मन्त्री खड्काले जिल्लामा भारतीय लगानीका ठूला जलविद्युत् आयोजना पनि सञ्चालनमा रहेको उल्लेख गर्दै दुवै छिमेकी मुलुकसँग सन्तुलित र सुमधुर सम्बन्ध कायम राख्नुपर्नेमा जोड दिए ।

मन्त्री खड्काले चैनपुरको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाले पानीको स्रोतहरूको दिगो उपयोग गर्दै कृषि उत्पादनमा वृद्धि गर्ने लक्ष्य लिएको बताए । यो आयोजनाले सङ्खुवासभासहितका चार जिल्लामा प्राविधिक, व्यवस्थापकीय र सामाजिक पक्ष समेटेर काम गर्ने जानकारी दिए ।

‘स्रोत र साधन पर्याप्त हुँदाहुँदै पनि सङ्खुवासभा पछाडि परेको थियो’, उनले भने, ‘अब जनताको चाहना अनुरूप बजेट विनियोजन गरिएको छ ।’ उनले ऊर्जा क्षेत्रमा मन्त्रालयले ८० प्रतिशत काम सम्पन्न गरिसकेको दाबी गर्दै अबको ध्यान विकास र समृद्धितर्फ केन्द्रित हुने बताए ।

– रासस

प्रकाशित मिति : ३ श्रावण २०८२, शनिबार  १ : ४३ बजे

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर