१२ वर्षमा गायन यात्रा सुरु गरेकी एन्जिला (भिडियो वार्ता) « Khabarhub

१२ वर्षमा गायन यात्रा सुरु गरेकी एन्जिला (भिडियो वार्ता)



काठमाडौं – एन्जिला रेग्मी नेपाली संगीतको चम्किलो नक्षत्र हुन्, जसको मधुर आवाजले सुन्ने सबैको मुटु छुन्छ। उनी बाल्यकालदेखि नै संगीतप्रति आकर्षित थिइन् । केवल १२ वर्षको उमेरमा आफ्नो गायन यात्रा सुरु गरेकी थिइन्। २०१४ मा सार्वजनिक भएको उनको हिट गीत “पिरतिको गोली” ले उनलाई व्यापक लोकप्रियता दिलायो र यही गीतका लागि उनलाई २०१५ मा म्युजिक खबर म्युजिक अवार्डमा ‘सर्वश्रेष्ठ महिला पप गायिका’ को सम्मान प्राप्त भयो।

अन्जिलाले केवल पप गीतमा मात्र नभई नेपाली चलचित्र संगीतमा पनि आफ्नो छाप छोडेकी छिन्। ‘सुश्री’, ‘छक्का पन्जा ३’, र ‘गोपी’ जस्ता चर्चित फिल्मका गीतमा उनले आफ्नो मधुर स्वर प्रस्तुत गरिन्, जसले दर्शक र संगीत प्रेमीहरूलाई मन्त्रमुग्ध बनायो।

उनले प्रस्तुत गरेका थुप्रै हिट गीत मध्ये चस्मा लगौली , बस बसरे, कपुरी क, ओइ तिम्रो छकी छैन कोइ जस्ता गीत पनि युवापुस्तामा अत्यन्तै लोकप्रिय छन्। अन्जिला आफ्नो संगीतको माध्यमबाट भावनालाई सरल तर प्रभावशाली तरिकाले व्यक्त गर्न सक्ने क्षमताले चिनिन्छिन्। प्रस्तुत छ गायिका अञ्जिल रेग्मीसँगको रमाइलो संवादः

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ९ : ५० बजे

विपद्पछिको उद्धार कि पूर्वसूचना ? भोटेकोसीले देखाएको हिमाली जोखिम र प्रविधिको आवश्यकता

काठमाडौँ – भोटेकोसी–त्रिशूली तटीय क्षेत्रमा भदौ १० मा आएको विनाशकारी

भोटेकोशी बाढीः शव व्यवस्थापन अन्तिम संस्कार होइन

चितवन- रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको अकल्पनीय बाढीले

पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन विज्ञको सुझाव

ललितपुर- जलस्रोतविज्ञ तथा पूर्वजलस्रोतमन्त्री इन्जिनियर दीपक ज्ञवालीले विकासका नाममा भएका

विपद् उद्धारमा सघाउन ५.५ टन औषधिसहित भारतीय वायुसेनाको विमान नेपाल आउँदै

काठमाडौँ – छिमेकी मुलुक भारतले नेपालमा जारी खोज, उद्धार तथा

अर्घाखाँची सिमेन्टद्वारा बाढी पीडितका लागि ६ लाख ७५ हजार सहयोग

भैरहवा– अर्घाखाँची सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीले भोटेकोशीमा आएको बाढीबाट प्रभावित