पोखरीमा डुबेर दुई जनाको मृत्यु « Khabarhub

पोखरीमा डुबेर दुई जनाको मृत्यु


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

राजविराज – सप्तरीँमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ। खड्क नगरपालिका–७ का १८ वर्षीय राज चौधरी र वडा नं २ सीतापुरका स्थानीय सजनी सदाको मृत्यु भएको हो।

खड्क नगरपालिका–६ मा श्रीकृष्णाजन्मष्टमीको मूर्ति सेलाउने क्रममा पोखरीमा डुबेर चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए।

उनका अनुसार श्रीकृष्णाजन्मष्टमीका अवसरमा गाउँमा बनाइएको मूर्ति सेलाउन सार्वजनिक पोखरीमा जाँदा उनको डुबेर मृत्यु भएको हो। डुबेर अचेत भएका चौधरीलाई गाउँलेले राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका लागि ल्याएका थिए। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै घोंघी टिप्न गएका बेला वडा नं २ सीतापुरका स्थानीय सदाको पोखरीमा डुबेर मृत्यु भएको हो। सदा घरबाट करिब दुई किलोमिटर उत्तरमा रहेको रञ्जन चौधरीको निजी पोखरीमा घोंघी टिप्न गएका बेला डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ६ : ११ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु