मलाइका अरोराले खुलाइन् असफल विवाह, प्रेमप्रतिको विश्वास र अनुभव « Khabarhub

मलाइका अरोराले खुलाइन् असफल विवाह, प्रेमप्रतिको विश्वास र अनुभव


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


837
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बलिउड अभिनेत्री मलाइका अरोराले आफ्नो व्यक्तिगत जीवनबारे खुलेर अभिव्यक्ति दिएकी छन्। हालै पिङ्कभिला सँगको विशेष अन्तर्वार्तामा अभिनेत्री मलाइकाले पूर्वपति अरबाज खानसँगको असफल विवाह, प्रेमप्रतिको दृष्टिकोण र सह-पालनपोषणका अनुभव साटेकी हुन्। उनीहरूका एक छोरा अरहान छन्, जसको सह-पालनपोषण दुवै जना अभिभावकले गरिरहेका छन्।

अभिनेत्री मलाइका र अरबाज सन् २०१६ मा आधिकारिक रूपमा अलग भएका थिए। “म चाहन्थें मेरो विवाह जीवनभर रहोस्, तर त्यस्तो भएन,” उनले भनिन्, “तर यसको अर्थ मैले प्रेममाथि विश्वास गुमाएँ भन्ने होइन। जे हुनुपर्ने थियो, त्यही भयो।”

उनका अनुसार, विवाह जोगाउन धेरै प्रयास भए पनि अन्ततः दुवैले अलग हुने निर्णय गरेका थिए। उनले भनिन्, “एक समय यस्तो आयो, जहाँ हामीले निर्णय गर्‍यौं – यो सम्बन्ध अब चल्नेवाला छैन।”

आफूलाई प्राथमिकता दिने निर्णय
मलाइकाले आफ्ना निर्णयलाई लिएर धेरै आलोचना खेप्नुपरेको स्मरण गरिन्। उनले भनिन्, “मान्छे भन्छन्, तपाईंले बच्चा र परिवारलाई प्राथमिकतामा राख्नुपर्छ। तर आफूलाई प्राथमिकतामा राख्नु के गल्ती छ? जबसम्म म खुसी छैन, मैले अरुलाई कसरी खुसी बनाउन सक्थें?”

उनले थपिन्, “धेरैलाई मेरो निर्णय ‘स्वार्थी’ लाग्यो। तर यही निर्णयले मलाई अझ शान्त र खुसी बनाएको छ। मेरो छोरा पनि अहिले धेरै राम्रो र खुसी स्थानमा छ।”

अरबाज खानसँग अलग भए पनि छोराको लागि दुवै जना अभिभावक बनेर उभिएको मलाइकाले सह-पालनपोषणबारे पनि अनुभव सुनाइन्। पूर्वपति अरबाज खानसँगको सम्बन्ध टुटे पनि अभिनेत्री मलाइकाले प्रेमप्रतिको विश्वास गुमाएकी छैनन्। उनले आफूलाई प्राथमिकता दिने निर्णयले जीवनलाई सकारात्मक मोड दिएको बताउँदै अहिले आफू र परिवार दुवै खुसी र सहज अवस्थामा रहेको जनाइन्। साथै जति पनि विवाह विच्छेद भोगेका सबै महिला दिदीबहिनीलाई पनि आफ्नो जीवन आफ्नो हिसाबले जिउन र आफूलाई सधैँ प्राथमिकतामा राखेर जीवन जिउन आग्रह गरिन्।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ६ : ५८ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना