काठमाडौं–७ को सेवा प्रवाह मित्रपार्कस्थित आफ्नै भवनबाट सुरु  « Khabarhub

काठमाडौं–७ को सेवा प्रवाह मित्रपार्कस्थित आफ्नै भवनबाट सुरु 


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका वडा नं. ७ ले आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ । मित्रपार्कस्थित भवनमा वैदिक विधिअनुसार पूजाआजा गरी भदौ १ गतेदेखि सेवा सुरु गरिएको वडा अध्यक्ष विमल कुमार होडाले जानकारी दिए । 

‘वडा नं. ७ को नवनिर्मित भवनमा कार्य शुभारम्भको अवसरमा हवन शान्ति स्वस्तिवाचन विधिपूर्वक सम्पन्न गरिएको छ’, होडले भने, ‘भदौ १ गते देखि आफ्नै भवनबाट सेवा संचालन भइरहेको छ। भवनको औपचारिक उद्घाटन चाँडै गर्ने तयारीमा छौँ ।’

यसअघि वडा कार्यालय गङ्गाहिटीस्थित भाडाको भवनबाट सेवा दिँदै आएको थियो । अब वडा नं. ७ का सेवाग्राहीले आवश्यक सम्पूर्ण सेवा आफ्नै वडा भवनबाट प्राप्त गर्न सक्नेछन् ।

वडा सचिव पदमकेशर अधिकारीका अनुसार भवन निर्माणका लागि आर्थिक वर्ष २०८०/८१ को अन्त्यतिर ठेक्का सम्झौता भएको थियो र करिब १३ महिनाभित्रै निर्माण सम्पन्न भएको हो । ‘भवनको भुईँ तला पहिले नै थियो । बलियो फाउन्डेसन भएकाले मोडिफाइ गरेर अढाई तला थप गरिएको हो ।’, उनले भने । 

नव–निर्मित भवनको भुईँतलामा प्रशासनिक कक्ष, पहिलो तलामा जनप्रतिनिधि तथा मेलमिलाप कक्ष र दोस्रो तलामा सभाकक्षसहित थप प्रशासनिक कक्षहरू रहेका छन् । अब वडास्तरीय स–साना कार्यक्रमहरू पनि वडा भवनकै सभाकक्षमा आयोजना गर्न सकिने वडा सचिव अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  ११ : ०८ बजे

सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत

प्रशान्त तामाङप्रति उर्लाबारीमा श्रद्धाञ्जली अर्पण तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

उर्लाबारी – दिवंगत गायक प्रशान्त तामाङको असामयिक निधनप्रति गहिरो दुःख

धमाधम सजाइँदै दमकमा बालेनलाई राख्ने घर (तस्बिरहरू)

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि हराउने

युगाण्डाको राष्ट्रपतिमा मुसेभेनी सातौँ कार्यकालका लागि निर्वाचित

कम्पाला – युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनी सातौँ कार्यकालका लागि अनुमोदित

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका