निजी मेडिकल कलेजमा सिट संख्या बढाउने आयोगको निर्णयप्रति स्वास्थ्यकर्मीको आपत्ति   « Khabarhub

निजी मेडिकल कलेजमा सिट संख्या बढाउने आयोगको निर्णयप्रति स्वास्थ्यकर्मीको आपत्ति  


३ भाद्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शिक्षा आयोगले गरेको निजी मेडिकल कलेजमा एमबीबीएस र बिडिएस कार्यक्रमका लागि सिट संख्या बढाउने निर्णय प्रति स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले आपत्ति जनाएको छ । 

उक्त निर्णय पूर्वाग्रहपूर्ण र अवैज्ञानिक भएको भन्दै तत्काल खारेज गर्न समितिले माग गरेको छ । अधिकांश कलेजहरूको क्षमता १०० सिटभन्दा बढी नभएको प्रष्ट रिपोर्ट हुँदाहुँदै पनि १०० भन्दा बढी सिट दिने निर्णय गरेको भन्दै त्यसले शिक्षा गुणस्तर घटाउने चेतावनी दिएको छ ।

 ‘यस्तो कदमले भविष्यमा दक्षताविहीन चिकित्सक उत्पादन बढाउने र गुणस्तरीय स्वास्थ्य सेवा गम्भीर संकटमा पार्ने खतरा छ’, विज्ञप्तिमा उल्लेख छ ।

समितिले आफ्नै सर्वेक्षण र तथ्यांकलाई बेवास्ता गरेर गरिएका निर्णयले निजी मेडिकल कलेजहरूको आर्थिक स्वार्थलाई मात्र बढावा दिएको आरोप लगाएको छ । यसले विद्यार्थीहरूलाई अनावश्यक आर्थिक भार बढाउने र जनस्वास्थ्यलाई प्रत्यक्ष असर गर्ने भन्दै समितिले आपत्ति जनाएको छ ।

 ‘चिकित्सा शिक्षा सुधारको नाममा गरिएका यस्ता अव्यवस्थित निर्णयले देशको स्वास्थ्य शिक्षामा नकारात्मक असर पार्ने भएकाले तुरुन्त सच्याइनु जरुरी छ । विज्ञप्तिमा भनिएको छ । आवश्यक परे सडक आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलबार  १२ : ३२ बजे

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा